- १५ भाद्र २०७९, बुधबार २१:४८
काठमाडौं /१५ भदौं -काठमाडौंको बुद्धनगरस्थित निर्माणाधीन घरको छतबाट हामफाल्दा दुई जना बालबालिकाले मृत्यु भएको छ । बानेश्वरको एउटा विद्यालयबाट घर जानुपर्नेमा उनीहरु घर नगई काठमाडौं–१० बुद्धनगरस्थित निर्माणाधीन घरको ६ तलामाथिबाट हाम्फाल्दा एक किशोर र एक किशोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी कृपिता जयसवाल छन् ।
६ तलामाथीबाट हाम्फालेपछि उपचारका लागी अस्पताल लगिएको र सिभिल अस्पतालका चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका छन् । उनीहरु बानेश्वरको नाम चलेको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् । विद्यालय स्रोतका अनुसार उनीहरु घर नगई बुद्धनगरस्थित निर्माणाधीन घरको ६ तलामाथिबाट हामफालेको खबर एजुकेशनलाई जनाएको छ । स्रोतका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन् ।










प्रतिकृया दिनुहोस्