- ११ भाद्र २०७९, शनिबार २१:२०
भदौ ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले निरन्तर रूपमा अराजक गतिविधि गरेकाे भन्दै विश्वविद्यालयले एक विज्ञप्ति सार्वजनिक गरेकाे छ । नेविसंघले विभिन्न वाहना देखाएर विश्वविद्यालयमा तालाबन्दी गर्ने त्रिविका पदाधिकारीहरूलाई कार्यकक्षमा प्रवेश गर्न नदिने , विश्वविद्यालयकाे फर्निचरहरू ताेडफाेड गर्ने लगायतका कार्यहरू संचालन गर्ने कार्यमा निरन्तर रूपमा सकृय भएको र अराजकता फैलाएकाे भन्दै विश्वविद्यालयले एक विज्ञप्ति सार्वजनिक गरेर त्यसबारे जानकारी गराएकाे छ । त्रिविले भनेकाे छ “नेविसंघका केही कार्यकर्ताहरूले सत्ता र शक्तिकाे दुरुपयोग गर्दै विश्वविद्यालय पदाधिकारीहरूकाे कार्यकक्षमा तालाबन्दी गर्ने, लेखा शाखामा पनि ३ महिनादेखि तालाबन्दी गर्ने धम्क्याउने , महत्त्वपूर्ण कागजपत्रहरू च्यातने , विश्वविद्यालय पदाधिकारीहरू माथि हातपात गर्ने जस्ता अराजक र हिंसात्मक कार्य गरेर विश्वविद्यालयकाे नियमिति कार्य संचालनमा अवरोध गरेकाे भन्दै यस्तो कार्य राेक्नका लागि त्रिविले सार्वजनिक रूपमा अपिल गरि सराेकारवाला, नागरिक समाज , पत्रकार र राजनीति नेतृत्वहरूलाई आवहन समेत गरेकाे छ ।











प्रतिकृया दिनुहोस्