Tag: नेविसंघ
अस्थायी, राहत र ईसीडी शिक्षकको सम्मानजनक व्यवस्थासहित शिक्षा ऐन तत्काल जारी गर्न नेविसंघको माग
काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षा विधेयक-२०८० लाई तत्काल ऐनका रूपमा जारी गर्न सरकारसँग माग गरेको छ। संघले विशेषतः राहत शिक्षक, अस्थायी शिक्षक तथा बाल विकास सहजकर्ताहरूको हकहित संरक्षण गर्नुपर्नेमा जोड दिएको छ। बिहीबार विज्ञप्ति जारी गर्दै नेविसंघले शिक्षा मन्त्रालय, संसदीय समिति र नेपाली कांग्रेस संसदीय दललाई पटकपटक ध्यानाकर्षण गराउँदै […]
पूरा पढ्नुहोस्
नेविसंघ विवाद: महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगजनी
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगो लगाएका छन। नेविसंघले आधिकारिक सङ्गठनको देउवा पक्षको मान्यता प्रज्जवल विष्टको समूहलाई दिएपछि अर्को समूह नेविसंघ शेखर कोइराला पक्षले आगो लगाएको हो। नेबिसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्डु साहकाे नेतृत्वमा योगराज दाहाल लगायत १२–१४ जनाको समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील […]
पूरा पढ्नुहोस्
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच कुटाकुट
विराटनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच मोरङको विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा झडप भएको छ । संस्थापन र शेखर कोइराला पक्षका विधार्थीबीच कुटाकुट भएको हो । घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । आसन्न स्ववियु निर्वाचनको भागबन्डाको विषयमा छलफल गर्न गएका बेला […]
पूरा पढ्नुहोस्
अध्यक्ष शेर्पाले स्ववियु परिषद्को सभापति आफूखुसी मनोनीत गरेको भन्दै नेविसंघमा विवाद
जेठ १७ , काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले मनोमानी तरिकाले स्ववियु परिषद्मा नियुक्त गरेको भन्दै विरोध भएको छ । नेविसंघबाट जितेका ५७ क्याम्पसका स्ववियु अध्यक्षले विज्ञप्ति निकालेर अध्यक्षको निर्णयप्रति विरोध गरेका हुन् । शेर्पाले आफू निकटका व्यक्तिहरूलाई स्ववियु परिषद्मा मनोनीत गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न विश्वविद्यालयका क्याम्पसमा नेविसंघको तर्फबाट निर्वाचित भएका […]
पूरा पढ्नुहोस्
लमजुङ क्याम्पसममा दुई विद्यार्थी संगठन बिच झडप , १५ जना घाइते
लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा विद्यार्थीहरुबीच झडप हुँदा १५ जना घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच शनिबार दिउँसो अचानक झडप भएको थियो । झडपमा क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित १५ जना विद्यार्थीहरु घाइते भएका हुन् । उनीहरुमध्ये गम्भीर घाइते भएका ४ जनालाई […]
पूरा पढ्नुहोस्
विद्यालयको पुनर्निर्माण र अभिभावकबिहीन बालकालिकाको शिक्षाको जिम्मा लिने नेविसंघको उद्घोष
काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले भूकम्प प्रभावित जिल्ला जाजरकोटका दुई विद्यालय पुनर्निर्माण गर्ने उद्घोष गरेको छ । नेविसंघले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै भेरी नगरपालिका– ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, र नलगाड नगरपालिक– ५ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको पूनर्निर्माण गरिदिने बताएको हो । साथै, भूकम्प […]
पूरा पढ्नुहोस्
त्रिवि सेवा आयोगमा नेविसंघको तालाबन्दी : शिक्षकको अन्तरवार्ता स्थगित
असोज, १९ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी संघ (नेबिसंघ) को तालाबन्दीका कारण आज बिहानका लागि तोकिएको शिक्षकहरुको अन्तर्वार्ता स्थगित भएको छ । तालाबन्दीका कारण आज बिहान १० बजेदेखि हुने भनिएको उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक पदको अन्तर्वार्ता स्थगित भएको हो । त्रिवि समितिले विगतमा विवादास्पद परीक्षा र मूल्याङ्कनका विषयमा आवश्यक छानबिन नगरी अपारदर्शी […]
पूरा पढ्नुहोस्
माग सम्मबाेधन नहुँदै धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाइयो : सुलभ चापागाईं ( भिडियो सहित )
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान IOE ले वृद्धि गरेकाे शुल्क वृद्धिकाे विरोध र शुल्क वृद्धि फिर्ताकाे माग गर्दै अनसन बसेका सुलभ चापागाईंले आफुलाई डर र धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाएकाे रहस्य खाेलुका छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र केही विद्यार्थी नेताहरूले राति जबरजस्ती डर देखाएर धर्काएर अनसन ताेडन लगाएको उनी स्वयंमले बताएका […]
पूरा पढ्नुहोस्
नेविसंघको भद्रगोलले सानेपा भयो तनाव
साउन २४, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको हालै घोषणा गरिएको जम्बो तदर्थ समितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपा तनावग्रस्त बनेको छ । पार्टी सभापति शेरबहादुर देउवाले घोषणा गरेको समिति पक्षधरले असन्तुष्ट पक्षलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि सानेपा तनावग्रस्त बनेको हो। असन्तुष्ट समूहले पार्टी कार्यालयबाटै समानान्तर समिति घोषणाको तयारी गरेको थियो […]
पूरा पढ्नुहोस्
थापाथली क्याम्पसमा नेविसंघका शाही विजयी
चैत्र ५ , काठमाडौं । थापाथली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिमा नेविसंघका पुष्करविक्रम शाही निर्वाचित भएका छन् ।
पूरा पढ्नुहोस्







