- २ भाद्र २०७९, बिहीबार १५:०३
भदाैं १, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् काठमाडौं महानगर समिति र शंकरदेव क्याम्पस विविए डिपार्टमेन्टकाे समन्वयमा शंकरदेव क्याम्पसमा चार दिने व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।
विद्यार्थी परिषद् काठमाडौं महानगरले शंकरदेव क्याम्पसमा विविएकाे चारवटा सेमिस्टारमा अध्ययनरत २०० जना भन्दाबढी विद्यार्थीहरूलाई चार दिने जीवन उपयोगी सिपमा आधारित व्यक्तित्व विकास तालिम सञ्चालन गरेकाे हाे ।
साउन २९ गतेदेखि सञ्चालन गरेकाे तालिममा विद्यार्थी परिषद्का संगठन सचिव नारायण प्रसाद ढकालज्युले मुख्य प्रशिक्षककाे रूपमा , विद्यार्थीहरूलाई तनाव व्यवस्थापन , आत्माजागरण, सिर्जनात्मक साेचाई, रचनात्मक क्रियाकलाप, सामुहिकता, राष्ट्र राष्ट्रियता, अनुशासन लगायतकाे विषयहरूमा विविएमा अध्ययनरत विद्यार्थीहरूलाई तालिम दिनु भएको थियोे ।
चारदिन सम्म संचालन भएको तालिमकाे समापन सत्रमा शंकरदेव क्याम्पसकाे क्याम्पस प्रमुख प्रा.डा केशवराज जाेसीले प्रमुख अतिथिकाे रूपमा बाेल्दै विद्यार्थीकाे वृद्धि विकास र उनिहरूलाई राष्ट्र राष्ट्रियता, संस्कार सिकाउने विद्यार्थी परिषदबाट आफ्नाे कलेजका विद्यार्थीहरूलाई तालिम दिन पाउदा धेरै नै खुसि भएको कुरा व्यत्त गर्नु भएको थियोे । उहाँले विविए पढने विद्यार्थीहरूलाई यस्तै किसिमकाे धेरै कार्यक्रमहरू निरन्तर संचालन गर्ने र शंकरदेवकाे विद्यार्थीलाई बजारमा पाइनर विद्यार्थीकाे रूपमा परिचित गराउने गरि दक्ष र याेग्य बनाउने पनि उल्लेख गर्नु भएको थियोे ।
त्यसगरी समापन कार्यक्रममा धन्यवाद दिदै शंकरदेव क्याम्पस विविएका डाइरेक्टर धुर्व सुवेदीले विद्यार्थी परिषद्ले यस्तो राम्रो कार्यक्रम हाम्रा विद्यार्थीलाई आयोजना गरि विद्यार्थीलाई जीवन जगतकाे विषयमा जागरण गर्नु भएकोमा परिषदकाे सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको थियोे । साथसाथै आगामी दिनहरूमा पनि समन्वय गरेर अगाडि बढने विश्ववास व्यत्त गर्नु भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख, प्रा.डा केशवराज जाेसी,परिषद्का संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सचिव नारायण तिमल्सिना , राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईं ,विविएका डाइरेक्टर धुर्व सुवेदी, क.आमन्त्रित सदस्य दीर्घराज जाेसी, लगायतकाे उपस्थिति रहेकाे थियोे ।










प्रतिकृया दिनुहोस्