- १ भाद्र २०७९, बुधबार २१:५१
भाद्र १, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा जुहारी देखिएको छ। धरानका मेयर साम्पाङले काठमाडौँबाट फर्केलगत्तै बुधबार साँझ सामाजिक सञ्जालमा लेखे- ‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम काम त सुरु गरे!’ केही दिनयता सामाजिक सञ्जालमा आक्रोशित देखिएका बालेनलाई साम्पाङको तात्तातो स्टाटसले पोलिहाल्यो। उनले पनि साम्पाङको स्टाटसको तल लेखिहाले- ‘हो नि। तपाईँकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि।’ राजधानीको फोहोर उठाउन नपाएर आक्रोशित भएका बालेन शाहले बुधबार बञ्चरेडाँडामा फोहोर फ्याँक्न स्थानीयसँग तीनबुँदे सहमति भएपछि राहतको सास फेरेका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्