- २२ श्रावण २०७९, आईतवार १३:५८
साउन २२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तहको सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षा आगामी भदौ २५ गते सञ्चालन गर्ने भएको छ ।
व्यवस्थापन संकायका विभिन्न कार्यक्रममा स्नातक गर्न चाहने इच्छुक विद्यार्थीले साउन १८ देखि भदौ १७ गते सम्म आवेदन दिइसक्नु पर्ने व्यस्थापन संकायले जानकारी दियो । कक्षा १२ को नतिजा प्रकाश अगावै विज्ञापन गरिएको छ । सिम्याटका लागि आवेदन दिने आधार भने कक्षा ११ को प्राप्ताङ्कलाई लिइएको त्रिविले जानकारी दियो ।
बोर्ड उच्च स्रोतका अनुसार कक्षा १२ को नतिजा भदौ २० गते सम्ममा सार्वजनिक हुने भएको छ । कक्षा १२ प्राप्ताङ्कको आधारमा दशैं पछाडि मात्र स्नातक तहमा भर्नाको कार्यक्रम सञ्चालन गरिने व्यवस्थापन संकायले जानकारी दियो ।
कक्षा ११ मा के पढ्ने ?
कक्षा ११ मा कुन विषय रोज्ने, गत हप्ता माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएसंगै हप्ता भरि नै कक्षा ११ सञ्चालन गर्ने शिक्षण संस्थालाई विद्यार्थी भर्नाको चटारो परेको छ । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुपले कक्षा ११ मा व्यवस्थापन गरेको संरचनामा केही परिवर्तन गरी कक्षा ११ मा विभिन्न विषयगत समूहमा भर्नाका लागि दायरा फारकिलो बनाएसंगै हप्तैभरि अभिभावक तथा विद्यार्थीलाई प्रवेश परीक्षा दिने र लिने क्रम बढेको छ । सीमित विद्यार्थीको कोटा भएको शिक्षण संस्थामा पनि कोटो भन्दा चार दोब्बरबढी विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका छन् ।
कक्षा ११ र १२ पछि नै उच्च शिक्षाका लागि बाटो प्रदान गर्छ , चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, कृषि तथा पशुविज्ञान, व्यवस्थापन, मानविकी, कानुन, शिक्षा कुन संकाय पढ्ने भन्ने आधार कक्षा ११ र १२ पछि नै छनौट गर्ने भएकाले पनि कक्षा ११ मा भर्ना हुने र विषयगत समूह छनोट गर्न समय लाग्ने गरेको छ ।
एसईईमा ल्याएको जीपीए अनुसार अहिले विद्यार्थीले समूहगत विषय छनोट गर्ने गरेका छन् । पाठ्यक्रममा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, शिक्षा लगायतका समूह छनोट गर्न पाउँछन् ।
पाठ्यक्रमले ऐच्छिक विषयको चार समूह विभाजन गरेको छ । ऐच्छिक विषयको पहिलो र दोस्रो समूहमा १५ –१५ विषय छन् । रहेका विषय मध्ये एक एक विषय छनोट गरेर पढ्न पाउने व्यवस्था गरेको छ । त्यसैगरी तेस्रो समूहमा २८ विषयमध्ये एक विषय रोज्ने अधिकार विदार्थीलाई दिएको छ । भने, चौथो समूहमा २४ विषय छन् । ती ४ समूहमध्ये कुनै ३ समूहबाट एकएक विषय छानेर अध्ययन गर्न पाउने पारुपले व्यवस्था गरेको छ ।
कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइन्ट १.६ जीपीए प्राप्त गरी कक्षा १० मा पढेको अङ्ग्रेजी, गणित र विज्ञान विषयमा न्यूनतम ‘सी प्लस’ ग्रेड प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ । विज्ञान र गणितबाहेकका विषय पढ्न न्यूनतम औसत ग्रेड प्वाइन्ट १.६ जीपीए प्राप्त गरेको हुनुपर्ने राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कक्षा ११ को भर्नाका आधारमा उल्लेख गरिएको छ ।
आर्थिक सर्वेक्षण २०७९–७९ अनुासर कक्षा ९–१० पढाइ हुने विद्यालयको संख्या ११ हजार १०८ छ । भने, ११ र १२ पढाइ हुने विद्यालयको संख्या थोरै छ ।
प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत प्रा स्वास्थ्यतर्फ १० वटा विषय अध्यापन गराउँदै आएको छ । त्यस्तै, इन्जिनिरिङतर्फ भने १३ विषय छन् । तीबाहेक वनकृषि, टुरिजम एन्ड हस्पिटालिटीतर्फ कृषि (बाली, कृषि विज्ञान), होटल म्यानेजमेन्ट, सोसियल बर्कर, फुड एन्ड डेरी टेक्नोलोजी र फरेस्ट्री विषयमा पठनपाठन गराउँदै आएको छ ।
स्वास्थ्यतर्फ भर्ना हुन एसईईमा गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम ‘सी ग्रेड’ प्राप्त गरी कम्तीमा २ जीपीए ल्याएको हुनुपर्छ ।
इन्जिनियरिङ विषय पढ्न एसईईमा गणित, विज्ञानमा कम्तीमा सी ग्रेड र अङ्ग्रेजीमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्छ । कृषि तथा वन विज्ञानका विषयमा भर्ना हुन अङ्ग्रेजी, गणित र विज्ञानमध्ये कुनै दुई वटा विषयमा न्यूनतम सी ग्रेड र कुनै एक विषयमा न्यूनतम डी प्लस प्राप्त गरे पनि योग्य हुने सीटीईभीटीले व्यवस्था गरेको छ ।
सीटीईभीटीमा प्रि–डिप्लोमा तर्फ विभिन्न १६ विषय छन् । एसईईका सबै विषयमा न्यूनतम ‘ई ग्रेड’ प्राप्त विद्यार्थी प्रि–डिप्लोमा भर्ना हुन पाउने व्यवस्था छ । सीटीईभीटीका आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीमा गरी १ हजार १०६ शिक्षण संस्थामा रहेका छन् ।










प्रतिकृया दिनुहोस्