- ३२ असार २०७९, शनिबार १०:००
असार, ३२ काठमाडौ । सुदूरपश्चिम प्रदेश पहाडी जिल्ला बाजुरा साक्षर जिल्ला घोषणा भएको छ। प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख हर्क बहादुर सिंह र प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको उपस्थितिमा एक कार्यक्रमका बिच बाजुरालाई साक्षर जिल्ला साक्षर घोषणा गरेको हो ।
१२ वटा साक्षरता मापदण्ड मध्य ६ वटा मापदण्ड पूरा गरेपछी बाजुरा लिल्लालाइ पनि साक्षर जिल्ला घोषणा गरिएको बताइएको छ। साक्षर अभियान अन्तर्गत जिल्लामा ९१ हजार ६ सय ७१ जनालाइ साक्षर बनाइएको बताइएको छ। जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरिएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख हर्क बहादुर सिंहले साक्षरता बर्ष २०६७ अनुरुप विभिन्न साक्षर अभियान चलाइ साक्षरता जिल्ला घोषणा गर्न सफल भएको बताए। यससंगै साक्षर जिल्लाको संख्या ६० पुग्यो । यसअघि कैलाली ५९ औं साक्षर जिल्ला घोषणा भएको थियो ।










प्रतिकृया दिनुहोस्