- २५ असार २०७९, शनिबार १८:३०
असार २५, भक्तपुर । राष्ट्रिय युवा परिषदले संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सुरु गरेको छ । भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको भवनमा देशभरका १६ देखि २४ वर्ष उमेर समुहका युवाहरुको सहभागितामा नमूना युवा संसद अभ्यास सुरु भएको हो । ४ दिन सम्म चल्ने नमुना युवा संसदमा देशको राष्ट्रपति, प्रधानमन्त्री चयन प्रकृया, सभामुख चयन गर्ने, बजेट पारित गर्ने, कानुन निर्माण प्रकृया संसद सचिवालय संचालन देखि संसदीय पत्रकारिताको अभ्यास समेत गराउने परिषदको तयारी छ । नमूना युवा संसद अभ्यासको उद्घाटन शनिबार एक समारोहबीच संघीय संसद प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन् । आजबाट सुरु भएको नमूना संसद अभ्यास २८ गतेसम्म चल्ने परिषदको कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । नमूना युवा संसद अभ्यासले युवाहरुको क्षमता विकास, नेतृत्व विकाससहित स्वरोजगार बनाउनसमेत सघाउने उपाध्यक्ष बस्नेतले बताए । परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले कुनै बेला नमूना युवा संसद अभ्यासमा प्रधानमन्त्री बनेका रणिलविक्रमा सिन्हे श्रीलंकामा पछि देशको साँचिकैको प्रधानमन्त्री बनेको उदाहरणसमेत दिए ।











प्रतिकृया दिनुहोस्