- १५ असार २०७९, बुधबार १०:१३
सौन्दर्यका नाउँमा जव आधुनिक पुतलीहरु बत्तीमा होमिन्छन
– लक्ष्मण सिटाैला
उज्यालो बत्तीमा सुन्दर पुतलीका झुंडहरु जव तानिन्छन केहिबेरमै त्याहा पुतलीका लासहरुको थुप्रो लाग्छ।दुख लाग्छ ती पुतलीहरुले अनाहकमा आफ्नो जीवनलीला समाप्त पारेको देख्दा। दोष कस्को हो ? त्यो उज्यालो बत्तीको ? या ती पुतलीहरुको जो सुन्दरताको चिहान खोज्दै गए र फेरि फर्केर आएनन् । जव सुन्दरता मर्छ नि ! त्यो भन्दा कुरुप अर्को कुनै रुप हुँदैन । अहिलेको कथित आधुनिक सुन्दरी प्रतियोगिता पनि त्यही हो। र सुन्दरताको लोभमा लोभिने स्त्रीहरु तिनै बत्तीमा होमिन जाने पुतलीका अवतार हुन।
हामीले शरीरलाई छोप्ने होईन दुनियाँलाई देखाउने बस्तुका रूपमा परिभाषित गर्न थाल्यौ। देखाउनु पर्ने चिज छोपिदै गए। छोपिनु पर्ने चिज खोलिदै गए। लाजले पनि लाज मान्न थालेको छ आजकल । यो साइबर युग हो। यहाँ कुनै कुरा पनि लुकाउने स्थान छैन। शरीरमा लुकेको आत्मा पनि बडाे धर्म सन्कस्टमा परिरहेको छ। मनुष्यको बशमा भएको भए त्यो लुकेर रहेको आत्मालाइ पनि खोलेर देखाउथे र भन्थ्यो मनुष्यले यी हेर मेरो आत्मा यस्तो छ। त्यो आत्मालाइ झिकेर टिकटकमा नचाउथे र फेसबुकमा प्रदर्शनका लागि राख्थे । आत्मालाइ भाइरल बनाउथे।
तर अहिलेका हामी बिचरो मनुष्य शरीरलाई मात्रै भाइरल बनाउन सक्छौ आत्मालाई सक्तैनौ। आत्मा बस्ने यो पवित्र मन्दिर रुपि घरलाई फेसबुक, टिकटक र टुइटरमा प्रदर्शनमा हालेको छौ र भनिरहे छौ कि मलाई सबैले मन पराए। म भाइरल भए । मैले आजसम्म नबुझेको कुरा कि शरीर देखाउदा भाइरल होइन्छ कि भाइरस होइन्छ ?
शरीर प्रदर्शनीमा राखिएको एउटा सप्रीएको मुला जस्तो भएको छ जस्ले पनि हेर्न पाइने जे पनि भन्न र जे पनि लेख्न पाइने।
मानिसहरू सबै डिजिटल भैसकेका छन। यस्तो लाग्छ अब मनुष्यले मनुष्यको प्रत्येक्ष स्पर्श नै पाउदैन। आफू रमाउने चाहनामा आफुपछी आउने पिडिलाइ हामीले कागजको फूल दिदैछौ र मनुष्य कृतिम बाच्न बिवस हुनेछ एकदिन। आजको प्रेममा कलकल कोमल मायाको मृत्यु भैसकेको छ। प्रदर्शन गर्दा गर्दा शौन्दर्यलाई समेत शौचालय जस्तै बनाइरहेका छौ हामीले। मानिसको कारण पृथ्वी माताले लाज मान्नुपर्ने अवस्था भयो।
आफ्नो अङ्गलाइ हरियाली रुखबिरुवाले ढाकेकी छिन धराले। कतै निर्मल गङ्गाले छोपेकी छिन आफ्नो चपल अस्तित्व त कतै महा समुन्द्रले लुकाएर बाचेकी छिन आफ्नो अतल लाज। हामीले धरती बाट सिक्नुपर्ने हो तर ठिक उल्टो भयौ। सारा लुगा खोल्दै गयौ । नाङ्गिदै गयौ। श शरीर नाङ्गिनु भनेको बिचार पनि नाङ्गिनु हो। नाङ्गिएको विचारमा विवेक शुन्य हुन्छ। बिवेक शुन्य हुनु भनेको संबेदनसिलताले हार्नु र पशुत्वले जित्नु हो। पशुहरु बिवेक नभए पनि मायालु छन। अन्जान छन। अबोध छन। ती हाम्रै चारु चरणमा समर्पित छन।
मनुष्य मात्रै यस्तो जीव हो जो अरु रुदा आफू हास्छ र अरु हास्दा आफू रुन्छ। हामी पशुको निचता भन्दा मुनि छौ।हामी केवल आफ्नो स्वार्थको निम्ति अरुलाइ उपयोग गर्छौ। हाम्रो स्वार्थको खेती त्यतिबेलासम्म रहिरन्छ जतिबेलासम्म हाम्रो प्राणवायु रहन्छ ।मनुष्य मात्रै एउटा यस्तो पापी जीवन हो जो आफू अनुकूलको मात्रै कुरा गर्छ ।










प्रतिकृया दिनुहोस्