- १४ असार २०७९, मंगलवार ०९:४३
असार, १४ काठमाडौं । जेठ २६ गते राति आएको बाढीले पुलमा क्षति पुगेपछि पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय माद्यामिक बिद्यालय एक सय ५० जना विद्यार्थी दिनहु भेल तरेर बिद्यालय जान बाध्य भएका छन । खारखोलामा रहेको पुल बाढीले बगाउँदा खोला उर्लिएर आएपछि विद्यार्थी, शिक्षक, अविभावक सबै खोला तरेर जान बाध्य भएका हुन्।
वर्षात नभएको दिन ठूला कक्षामा पढ्नेहरु जसोतसो विद्यालय गएपनि स–साना बालवालिकालाई बोकेर तार्नुपर्छ। तीन सातादेखि यो क्रम चलिरहेको छ।
बिहान पानी परेको दिन खोला तर्न नसक्दा बिद्यालय जान नसकिने र दिउँसो पानी पर्यो भने घर फर्कन नसकिने पिरले विद्यार्थी हरुलाइ सताइ रहन्छ। खारखोलामा रहेको पुल बाढीले बगाउँदा खोला उर्लिएर आएपछि विद्यार्थी, शिक्षक, अविभावक सबै चिन्तित् हुन्छन्।
वर्षात नभएको दिन ठूला कक्षामा पढ्नेहरु जसोतसो विद्यालय गएपनि स–साना बालवालिकालाई बोकेर तार्नुपर्छ। तीन सातादेखि यो क्रम चलिरहेको छ।
धर्मोदय माविका प्रधानाध्यापक कृष्ण न्यौपानेका अनुसार ‘दुई साता यता दिनहुँ जसो पानी परेको छ, खोला उर्लिएको बेला बोकेर विद्यार्थी तार्न सकिँदैन, सानो भएका बेला तारिरहेका छौँ।’ बालबालिकालाई खोला तार्न प्रहरी, स्थानीयबासी, अविभाबक, शिक्षकहरुले सघाउँदै आएका छन्। विद्यार्थीलाई आलोपालो गरी खोला तार्ने गरिएको छ।
पुल बगाएदेखि सबै विद्यार्थी नियमित विद्यालय आउनै समस्या भएको उनले बताए। केहीदिन यता विद्यालय जाने र फर्कने समस्यामा प्रहरीले खोलामा बसेर विद्यार्थी तार्ने गरेको छ। अविभाबक र शिक्षक पनि साथैदेखिन्छन्। सँधै यसरी संभव नभएको भन्दै तत्काल पुल बनाईदिन शिक्षक र अविभाबकले हारगुहार गरिरहेका छन्। नागरिक दैनिकबाट










प्रतिकृया दिनुहोस्