- २ असार २०७९, बिहीबार १७:४७
असार २ काठमाडौँ। श्रीलङ्कामा खाद्यान्न अभावलाई रोक्न कर्मचारीहरूलाई सातामा थप एक दिन छुट्टी दिने भएको छ। त्यहाँ सरकारी सेवामा झन्डै १० लाख कर्मचारी छन्।
विदेशी मुद्राको चरम अभावका कारण श्रीलङ्काले खानेकुरा, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुहरू आयात गर्न सङ्घर्ष गर्नुपरिरहेको छ।
सोमवार अबेरतिर सरकारले आगामी तीन महिनासम्म सरकारी सेवामा रहेका कर्मचारीहरूलाई प्रत्येक साता शुक्रवार पनि सार्वजनिक छुट्टी दिने प्रस्तावमा सहमति जनाएको थियो।
इन्धन सङ्कटका कारण काममा जानआउन कठिनता बेहोरिरहेका कर्मचारीहरूलाई आफू र परिवारजनलाई खानको निम्ति फलफूल र तरकारीहरू उत्पादन गर्न समेत सहयोग गर्ने उद्देश्यले थप छुट्टी दिने निर्णय गरिएको सरकारले जनाएको छ।
श्रीलङ्काको मुद्रा रुपैयाँको मूल्य खस्किनु, विश्वव्यापी रूपमा नै उपभोग्य वस्तुको मूल्य बढ्नु र ९अहिले हटाइएको० रासायनिक मलको प्रयोगमा लगाइएको प्रतिबन्धका कारण त्यहाँ गत एप्रिल महिनामा खानेकुराको मूल्य ५७५ भन्दा बढीले वृद्धि भएको थियो।










प्रतिकृया दिनुहोस्