- १४ जेष्ठ २०७९, शनिबार ०९:१३
विद्यार्थीहरुलाइ प्रयोगात्मक ज्ञान दिने हेतुले भरतपुरको ज्ञानदर्शन आबसिय माध्यमिक बिद्यालयले आउँदो मंगलबार निर्बाचन गर्दैछ।बिद्यालय प्राङ्गणमा हुने निर्बाचनको सतप्रतिशत तयारी पूरा भएको बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्जोग मकाजुले बताए।सम्भवतःचितवन जिल्लामा पहिलोपटक यस्तो खालको कार्यक्रम हुन लागेको मकाजुले दाबी गरे। निर्बाचनले माध्यमिक तहका विद्यार्थीलाई निर्बाचनको बारेमा बुझ्न सहज हुने मकाजुको बिश्वास छ।उनका अनुसार बिद्यार्थिलाइ किताबी ज्ञान सङै अतिरिक्त क्रियाकलापमा पनि सरिक गराए विद्यार्थीको चौतर्फी बिकास हुनेछ।
स्थापनाकाल देखि ज्ञानदर्शन बिद्यालयले अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक सिकाइमा कम्प्रमाइज नगरेको प्राचार्य मनिस घिमिरेले बताए।उनले भने,”प्रयोगात्मक सिकाइको गज्जबको नमुना हो ज्ञानदर्शन निर्बाचन।यसले बिद्यार्थिमा नेतृत्वकला बिकास गर्नेछ।आगामी निर्बाचनको सर्गर्मिले विद्यार्थीहरुमा स्वस्थप्रतिस्पर्धाको बिजारोपण हुनेछ।”
के हो ज्ञानदर्शन निर्बाचन?
चितवनको भरतपुरमा अबस्थित ज्ञानदर्शन बिद्यालयले आगामी मङलबार निर्बाचन गर्दैछ।बिद्यालयको माध्यमिक तहमा रहेका करिब दुइसय विद्यार्थीहरुले विभिन्न ९ पदमा प्रतिनिधि चुन्दै छ्न भने उल्लेखित पदहरुमा ३४ जनाको उम्मेदवारी परेको छ।निर्बाचनले बिद्यालयमा रहेका चार वटा हाउसहरु ब्लु हाउस,येल्लो हाउस,रेड हाउस र ग्रीन हाउसका लागि कप्तान र उपकप्तान चुन्दै छ भने बिद्यालयलाइनै बिद्यार्थिले नेतृत्व गर्ने स्कुल कप्तान र उपकप्तान चुन्दै छ।यस्तै बिद्यालयमा संचालित जुनिएर रेडक्रसको सभापती,उपसभापती,सचिव ,कोसाध्यक्ष र सल्लाहकार पनि आगामी निर्बाचनबाट चुनिदै छ्न।निर्बाचनलाइ लिएर विद्यार्थी उत्साहित हुँदै आफ्नो पोल्टामा मत धेरै पार्न विद्यार्थी रिझाइरहेका छ्न ।मौन अबधिको पुर्ब सन्ध्यामा उम्मेदवारहरुले कक्षा कोठामा गएर सौहार्दपुर्ण तरिकाले मत मागिरहेका छ्न।उम्मेद्वार स्वयमले आकर्षक घोषणापत्र समेत तयार पारेका छ्न।आउदो मङलबार हुने निर्बाचनको मौन अबधी सोमबार १२ बजेबाट सुरु हुदैछ। मौन अबधिको बेलामा उम्मेद्वारले प्रचार गर्न नपाउने भनिएको छ।यदि प्रचार गरेको र मत मागेको पाइएमा उक्त उम्मेदवारको उम्मेदवारी स्वत रद्द हुने भनिएको छ।










प्रतिकृया दिनुहोस्