- ८ जेष्ठ २०७९, आईतवार ११:१४
काठमाडौं । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका अनुरुप अध्यापन अनुमतिपत्रको विज्ञापन जेठ दोस्रो साता खुल्ने भएको छ। स्थानिय तह निर्वाचन २०७९ का कारण स्थगित भएको अनुमतिपत्रको विज्ञापन जेठ दोस्रो साता जेठ दोस्रो साता खुल्ने गरी तयारी सकिएको आयोगले जनाएको छ ।
यस अघि चैत्रमा विज्ञापन खुलाएर साउनमा अध्यापन अनुमतिपत्र परिक्षा गरेपनि आयोगले तयारी गरेपनि स्थानिय तह निर्वाचनका कारण अन्तिममा आएर स्थगित भएको थियो । आयोगले अध्यापन अनुमतिपत्र वितरण २०७९ साल मङ्सिरबाट हुने जनाए पनि हाल आएर केहि ढिला हुने जनाएको छ । हालसम्म सात लाख जना भन्दा बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले, निम्न माध्यामिक तहमा तीन लाख सत्तरी हजार १२ जनाले र माध्यामिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँच जनाले लाइसेन्स लिएका छन् ।










प्रतिकृया दिनुहोस्