- ७ जेष्ठ २०७९, शनिबार १४:०१
काठमाडौँ, जेठ ७ । गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसालले सपथ लिएका छन् । नेपाली कांग्रेस बाट निर्वाचित रिसालले काठमाडौंका विभिन्न नगरपालिकाबाट निर्वाचित नगरप्रमुखहरूसँगै शुक्रबार सपथ लिएका हुन् ।
शुक्रवार जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा भएको सपथ ग्रहण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसालसँगै राप्रप्रा बाट शंखरापुर नगरपालिकामा निर्वाचित नगर प्रमुख रमेश नापित कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेस बाट निर्वाचित राजकुमार नकर्मी र दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेस बाट निर्वाचितनगर प्रमुख मोहन बस्नेत, बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमाले बाट निर्वाचित नगर प्रमुख मिठाराम अधिकारी लगायतका नगर प्रमुखहरुलाइ काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थितिमा मुख्य जिल्ला निर्वाचन अधिकृत (काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश) ले सपथ खुवाएका हुन् ।










प्रतिकृया दिनुहोस्