- ६ जेष्ठ २०७९, शुक्रबार ०७:५६
काठमाडौँ : मोडलिङ एजेन्सीका सञ्चालक मनोज पाण्डेमाथि यौन शोषणको आरोप लगाउँदै सार्वजनिक भएको भिडियोको आधारमा टिकटक, इन्स्टाग्राम, फेसबुक र ट्विटरका केही प्रयोकर्ताहरुले आफ्नो चरित्र हत्या गरेको भन्दै फोटो पत्रकार श्रीधर पौडेलले साइबर ब्युरोमा उजुरी दिएका छन्।
साइबर ब्युरोका अनुसार उनले बिहीबार व्यावसायिक कामको सिलसिलामा आफू काम गर्ने कार्यालयको स्टुडियोमा फोटो सुट गरेको र सार्वजनिक स्थानमा भएको कार्यक्रमको फोटो सुट मात्र गरेको उल्लेख गर्दै यसैको आधारमा गम्भीर आरोप लागेका पाण्डेसँगै आफ्नो नाम र तस्बिर प्रयोग गरेर गम्भीर अपराध गरेको अपराधी झैँ गरी सामाजिक सञ्जालमा राखेको उल्लेख गर्दै कारबाहीको माग गरेका छन्।
सार्वजनिक भएको भिडियोमा युवतीले आफूले स्टुडियोमा फोटो खिचेको र पाण्डेको कार्यालयमा झगडा हुँदा आफू पुगेको बाहेक अन्य उल्लेख नभए पनि टिकटक, फेसबुक र ट्विटरका केही प्रयोगकर्ताले आधारहीनरुपमा लाञ्छना लगाई गम्भीर साइवर अपराध गरेको भन्दै उजुरीमा केही प्रयोगकर्ताको विवरण समेत उल्लेख गर्दै कारबाहीको माग गरेका छन्।
ब्युरोका एक अधिकारीले उजुरी परेको र त्यसबारे अनुसन्धान सुरु भएको जानकारी दिएका छन्।










प्रतिकृया दिनुहोस्