- १२ बैशाख २०७९, सोमबार ०६:३५
वैशाख ,भरतपुर । भरतपुर महानगरपालिकाले तयार गरेको ‘पाँचवर्षे कार्यकालको समीक्षा–२०७९’ पुस्तकको विमोचन गरिएको छ । जनप्रतिनिधि आएपछि महानगरमा भएका गतिविधि समेटिएको पुस्तकको मेयर (हाल निवर्तमान) रेनु दाहालले विमोचन गरेकी हुन् ।
रेनु दाहालले शुक्रबार नै उपमेयर पार्वती शाह ठकुरीसमक्ष राजीनामा दिएकी हुन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रेनु दाहालले पुनः मेयरमा उमेदवारी दिने तयारी गरेकी छन् । पहिलो पाँचवर्षे कार्यकालमा भरतपुर महानगरमा ६२२ किमी सडक कालोपत्रे भएको दाबी गरिएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा ४० करोड रूपैयाँ आन्तरिक आय रहेकामा आव २०७७/७८ सम्म आइपुग्दा वार्षिक एक अर्ब पाँच करोड आन्तरिक आय पुगेको दाहालले बताइन् ।
आफ्नो कार्यकालमा महानगरका ठूला गौरवका आयोजनाहरु सुरू भएको उनले बताइन् । विकास निर्माणको काममा भरतपुर उत्कृष्ट बनेको उपमेयर पार्वती शाह ठकुरी बताउँछिन् । देशकै नमुना महानगर बनाउन आवश्यक पूर्वाधार तयार भएको उनले बताइन् ।










प्रतिकृया दिनुहोस्