- २७ चैत्र २०७८, आईतवार १९:३३
चैत २७, काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आठौं राष्ट्रिय महाधिवेशनले रमेशकुमार सिलवालको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ 
समितिको वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा, नवराज पाण्डे, भेषराज पोखरेल, उपाध्यक्षमा टंकराज आचार्य, जीवनप्रकाश शर्मा, उमेश थापा, रामेश्वर अर्याल, डा. स्वागत श्रेष्ठ, ईश्वर पोखरेल, धरणीधर अधिकारी, हरिचन्द्र लामिछाने, रामहरी सिलवाल, लोकनाथ उपाध्याय, नारायण उपाध्याय, दीपेन्द्र भण्डारी, डा. लालबाबु यादव, बाबुराम पन्त छन् । 
त्यस्तै महासचिवमा लोकबहादुर भण्डारी, सचिवमा जयराम खनाल, डा. ऋषि तिवारी, राजेन्द्र अधिकारी, तीर्थ पोखरेल, कृष्ण केसी, आरवी अधिकारी, कोषाध्यक्षमा वीरेन्द्र जयना र सहकोषाध्यक्षमा नरेन्द्रबहादुर अधिकारीलाई चयन गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २५ गते सो संघको महाधिवेशनको उद्घाटन गरेकी थिइन् । 










प्रतिकृया दिनुहोस्