- २३ चैत्र २०७८, बुधबार १६:४५
चैत्र २३, काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते गर्ने भएको छ । शिक्षा विकासमा सार्थक साझेदारी :हिसानको योगदान र जिम्मेवारी भन्ने मुल नाराका साथ आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते गर्ने भएको हो ।

महाधिवेशनको तयारी बारे जानकारी दिन एभरेस्ट हाेटलमा आयाेजना गरएिको पत्रकार सम्मेलनमा नेपालमा हिसानकाे आठौं राष्ट्रिय महाधिवेशन र साेही अवसरमा शिक्षाको सबलिकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा हिसान शिक्षा बहसको हुने सम्मेलन जानकारी गराईएकाे छ ।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूबाट उद्घाटन हुने महाधिवेशनमा नेपालभर संचालित निजी शिक्षालयहरूवीचको एकतालाई मजबुत तुल्याउन, निजी शिक्षालयहरूको समस्या पहिचान गरी सामुहिक रूपमा समस्या समाधान गर्न, दबाब समूहको रूपमा कार्य गर्न, नीति निर्माणमा सकारात्मक भूमिका खेल्न तथा शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा महत्वपूर्ण योगदान पुयाई आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई ध्यानमा राखी गुणस्तरीय शिक्षा प्रदान गर्न र माध्यमिक विद्यालय तथा उच्च शिक्षालयमा भएको लगानीलाई सुरक्षित गर्न विषेश जोड दिइने हिसानले बताएको छ ।
पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तिमा भनिएको छ “हाल संचालनमा रहेका निजी लागानिबाट संचालित माध्यमिक विद्यालय १०+२ तथा उच्च शिक्षालयहरूको संख्या १९७७ भन्दा बढि पुगिसकेको र करिब ५ लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत छन् भने २ लाख भन्दा बढी शिक्षक, प्राध्यापक एवं कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । राज्यले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने दायित्वलाई घटाउँदै लगेको अवस्थामा निजी शिक्षालयहरूले लगानी बढाउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छन् यसले मुलुकको बदलिँदो परिवेश अनुसार निजी शिक्षालयहरूले शिक्षा जगतमा अहम भूमिका खेलेका छन् । शिक्षा सेवा मुलक र व्यावसायिक क्षेत्र भएको साथै निजी शिक्षालयहरुले विद्यार्थी र अभिभावकहरुलाई मात्र नभई सिङ्गो राष्ट्रई पनि प्राज्ञिक एंव शैक्षिक सेवा प्रदान गरी मुलुक प्रतिको दायित्व पुरा गरेको छ ।”
उत्कष्ट शिक्षा नेपालमै भन्ने नारा साथ उकृष्ट शैक्षिक संस्था र कार्यक्रम हुँदा हुदै पनि विदेशी शिक्षाको नाममा बार्षिक रूपमा लाखौ विद्यार्थीहरू बाहिर जाने र अरबौं रूपैया बाहिरिरहेको सन्दर्भमा शिक्षालय संचालक र सरकार संवेदनशील हुन जरूरी छ । त्यसको लागि निजी क्षेत्र मात्र होइन सामुदायिक क्षेत्रसँग समेत हातेमालो र सहकार्य गर्दै पब्लिक प्राइभेट पाटर्नरसिप मार्फत राष्ट्रको समग्र विकासमा हिसान प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठ काठमाडौंमा हुने आठौं महाधिवेशनमा ३५ जिल्लाका ६०० शिक्षालयबाट प्रतिनिधिको सहभागिता रहने र ५० जना पर्यवेक्षकहरू गरी ६५० जनाको उपस्थिति रहने जनाइएको छ ।











प्रतिकृया दिनुहोस्