- २१ चैत्र २०७८, सोमबार ११:२१
अङ्कुरम् एकेडेमीमा अन्तरविद्यालय पौडी प्रतियोगिता सम्पन्
भरतपुर, चैत २१ ।
अध्ययन संगै विद्यार्थीहरुको बौद्धिक विकासलाई चुस्त बनाउने उद्धेश्यले हिसान चितवनका अध्यक्ष श्री दिपेन्द्र ढकालज्यू को प्रमुख आतिथ्यतामा अङ्कुरम् एकेडेमी भरतपुरले अन्तरविद्यालय पौडी प्रतियोगिता चैत्र १९ गते सम्पन्न गरेको छ
प्रतियोगितामा चितवनका ९ विद्यालयका २६ विद्यार्थीहरु सहभागि भएका थिए ।
प्रतियोगिता भरतपुरमा रहेको एकेडेमी भित्रैको पौडीपुलमा गरिएको थियो । विद्यार्थीहरुले आँफुसँग क्षमता भएपनि प्रस्तुत गर्ने अवसर नपाएको अवस्थामा उनीहरुलाई हौसला प्रदान गर्नका निम्ति प्रतियोगिता आयोजना गरिएको संस्थाका र्कायकारी निर्देशक नवराज पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगीताको उत्कृष्ट तीनलाई पुरस्कारको पनि व्यवस्था गरिएको थियो जसमा सनराइज इङ्गलिस स्कूलका कक्षा ११ मा अध्ययनरत छात्र श्री सुनित शाह प्रथम हुन सफल हुनुभएको थियो भने द्धितिय र तृृतिय स्थान अङ्कुरम् एकेडेमीमै अध्ययनरत साजन गिरि र करण राना मगरले हाँसिल गर्नुभएको थियो ।
डिजिटल प्रविधिबाट कक्षा सञ्चालन हुदै आईरहेको अन्तराष्ट्रिय स्तरको अङ्कुरम् एकेडेमी भरतपुरले अध्ययन मात्र नभई विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गर्दै आएको छ । र आगामि दिनमा पनि यस्ता प्रतिस्पर्धात्मक क्रियाकलापहरु गर्नाले अध्यापनमा मात्र नभई विद्यार्थीहरुको बौद्धिक क्षमता र आत्मविश्वासमा पनि वृद्धि हुदै जाने यसै विद्यालयकी अतिरिक्त क्रियाकलाप प्रमुख श्री श्रद्धा अधिकारीले जानकारी दिनुभयो ।










प्रतिकृया दिनुहोस्