- २० चैत्र २०७८, आईतवार ११:०७
चैत २० , काठमाडौं । -ट्रीटन इन्टरनेशनल कलेज, काठमाडौको आयोजना तथा नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाइ व्यवस्थापिका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउन काठमाडौं उपत्यकाका विभिन्न कलेजहरुमा माध्यामिक तहमा कानुन संकाय अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागीतामा नमुना संसद कार्यक्रम सम्पन्न गरेको छ ।

चैत १८ गते र चैत १९ गते शुभश्री कलेज अफ म्यानेजमेन्ट नयाँ बानेश्वर काठमाडौं को सभा हलमा सम्पन्न भएको हो । उक्त कार्यक्रम अन्तरगत चैत्र १८ गते बिहान १० बजेबाट बेलुका ५ बजेसम्म प्रशिक्षक विनोद खत्रीले २७ कलेजका ८७ जना सहभागीहरुलाइ प्रशिक्षण गराएका थिए ।
त्यसैगरी चैत १९ गते भएको नमुना संसदमा भने २० कलेजबाट ७१ जना विद्यार्थीहरु सहभागी भएको ट्रीटन कलेज सिओओ ऋतु न्यौपानेले जानकारी दिइन । कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एव पुर्व प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री एवं अधिवक्ता समेत रहेकी रचना खड्काले मन्तव्यको क्रममा यस्ता कार्यक्रमहरु आजको अपरिहार्यता, अत्यावश्यकता एवं अत्यन्तै समय सान्दर्भिक भएको भन्दै अझै यस्ता कार्यक्रमहरु विद्यालय स्तरिय, नगर स्तरिय, प्रदेश स्तरिय हुँदै देशव्यापी रुपमा आयोजना हुनुपर्ने बताइन् ।
नयाँ युवा नयाँ सोच,नेपालका केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैका अनुसार यस प्रतियोगितामा ३ वटा विधाहरु पुरस्कार स्वरुप राखिएकोमा उत्कृष्ट बहसकर्ता आदर्श जनप्रेमी कलेजबाट युवराज खड्का, उत्कृष्ट अनुसन्धानकर्ता ट्रीटन कलेजबाट दिना कार्की तथा उत्कृष्ट नेतृत्वकर्ता ट्रीटन कलेजबाट दिपेश यादवले हात पार्न सफल भएका छन ।











प्रतिकृया दिनुहोस्