- १६ चैत्र २०७८, बुधबार ०७:५८
चैत्र १६, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत स्वीकृत क्रियाकलापहरु कार्यान्वयनका लागि कार्यक्रम कार्यान्वयन प्रक्रिया चैत १४ गते मन्त्रीस्तरीय निर्णय भएकोले सबै स्थानीय तहहरुलाई आग्रह गरेको हो ।
एक विद्यालयमा सुचिकृत भएको कार्यक्रमको बजेट अर्को विद्यालयमा खर्च गर्न नपाइने र एउटा कार्यक्रमको लागि विनियोजन गरीएको रकम अर्को कार्यक्रममा खर्च गर्न नपाइने क्रियाकलाप कार्यान्वयन प्रक्रियामा उल्लेख गरीएको छ ।
त्यसैगरी कार्यक्रम कार्यन्वयन अवस्थाको प्रगति विवरण सम्बन्धित विद्यालयले तयार गरी प्रत्येक महिनाको अन्त्यमा स्थानीय तहमा पेश गर्नुपर्ने, स्थानीय तहबाट नियमित अनुगमन गरी त्रैमासिक कार्यप्रगति शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनुपर्ने र इकाइले जिल्ला भित्र सञ्चालित कार्यक्रम कार्यन्वयनको प्रगति विवरण तयार गरी केन्द्रमा पठाउनु पर्ने छ ।
कार्यक्रमको कार्यान्वयन पश्चात निकासा रकमको लेखा राख्ने,प्रतिवेदन गर्ने र लेखा परीक्षणको दायित्व विद्यालयको हुने जनाईएको छ ।
यहाँबाट हेर्नुहोस प्रक्रिया :
https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-145253274.pdf










प्रतिकृया दिनुहोस्