- २९ फाल्गुन २०७८, आईतवार १३:३६
फागुन २९, काठमाडौं । बैंकर्स एसोसिएसनले चैत्र महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेकाे छ ।
ब्याजदर घटाउने वा बढाउने भन्ने विषयमा गत शुक्रबार साँझ बसिएकाे बैठकमार्फत् ब्याजदर बढाएर मात्रै निक्षेप नआउने भन्दै ब्याजदर स्थिर राख्ने निणर्य गरिएकाे हाे ।
याे सँगै अब वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपकाे ब्याजदर ११.०३ प्रतिशतलाई नै निरन्तरता दिनेछन् । यसअघि मुद्दती निक्षेपमा १० प्रतिशतको हाराहारीमा र बचत खातामा ६ प्रतिशतको हाराहारीमा रहेको व्याजदर बढाउँदै वाणिज्य बैंकहरुले फागुन महिनामा मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र बचत खातामा ८ प्रतिशतको हाराहारीमा व्याज दिएका थिए ।
बैंकहरूले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाे छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्