file photo
- १५ फाल्गुन २०७८, आईतवार १९:५२
केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न Social Apps को प्रयोगकाे माध्यमबाट चिठ्ठा परेको, उपहार आयाे भनेर ठगि कार्य भईरहेकाेले त्यसबाट सचेत हुन गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरेकाे छ ।
गृहमन्त्रालयले आइतवार एक विज्ञाप्ति जिकाल्दै केही व्यक्ति / अपराधिक समूहले सूचना तथा सञ्चार प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल Facebook, Instagram, Tiktok, Email, Whatsapp, Viber, IMO लगायतका विभिन्न Social Apps को प्रयोग एवम् Social Engineering को माध्यमबाट चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको, सहुलियत, कम्पनीको वार्षिकोत्सव अफर, वैदेशिक रोजगार लगायत अन्य विभिन्न प्रलोभनमा पारी सो वापत बैंक तथा Online Payment Gateway मा पैसा जम्मा गर्न लगाउने, सर्वसाधारणहरुको गोप्य विवरणहरु मागी त्यसको दुरुपयोग गर्दै ठगी गर्ने वा फिसिङ लिङ्क क्लिक गर्न लगाई अकाउन्ट विवरण चोरी गर्ने कार्य बढदै गइरहेकाेले त्यस्तो म्यासेजहरू आएमा त्यसबाट सचेत रहन् गृहमन्त्रालयले आग्रह रेकाे छ ।
विज्ञप्तिमा भनिएको छ कुनै व्यक्तिले बैंक, वालेट सेवा वा कुनै वित्तीय सेवा प्रदायकको परिचय दिएर फोन गरी खातावाला व्यक्तिको विवरणहरु माग्ने र खातावाला व्यक्तिले त्यसमा शङ्का नगरी आफ्नो गोप्य विवरण दिने गरेको; Emall, Facebook, Whatsapp, Viber जस्ता अकाउन्ट ह्याक गरी उक्त आइडीमा भएका साथीहरुसँग कुराकानी गरी अत्यावश्यक कामका लागि भन्दै रकम माग गर्ने, नेटवर्किङ्ग व्यवसाय, अनलाइन गेमिङ्ग, अनलाइन व्यवसाय, अनलाइन मालसामान बेच्ने भ्रममा पारी पैसा जम्मा गर्न लगाउने लगायतका अनलाइन ठगी गर्ने गैर कानूनी गतिविधिहरु बढिरहेको पाइएकोले यस्ता भ्रामक कुरामा विश्वास नगर्नुहुन साथै कुनै पनि माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (विशेष गरी नागरिकता प्रमाणपत्र नम्बर, राष्ट्रिय परिचपत्र नम्बर, राहदानी नम्बर, सवारी चालक प्रमाणपत्र नम्बर, खाता नम्बर, ATM Card सम्बन्धी विवरण, गोप्य पासवर्ड, अनलाइन मार्फत कारोबार गर्दा बैंकले उपलब्ध गराउने बान टाइम पासवर्ड (OTP नम्बर)) जस्ता संवेदनशील विषयको जानकारी कोही कसैलाई पनि नदिन भनेकाे छ ।
साथै त्यस्तो अनलाइन ठगी हुनबाट सतर्कता अपनाउनुहुन तथा यस्ता गतिविधिहरुको कुनै सूचना प्राप्त भएमा तत्काल आफ्नो नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाईमा जानकारी गराउनुहुन सर्वसाधारणहरुमा अनुरोध गरेकाे छ ।











प्रतिकृया दिनुहोस्