- १० भाद्र २०८२, मंगलवार ०७:०८
काठमाडौँ, भदौ । काठमाडौं महानगरपालिका–१६, बालाजुहाइटस्थित शितला माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सिर्जनात्मक क्षमता अभिव्यक्त गर्ने उद्देश्यसहित भिते पत्रिका लेखन एवम् तयारीकाे तालिम सञ्चालन गरिएको छ ।
भाद्र ७ गते शनिवार भित्ते छात्र विचारका सम्पादक कृष्णप्रसाद हुमागाईंले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई भिते पत्रिका प्रकाशन सम्बन्धि महत्त्वपूर्ण विषयवस्तुहरूमा केन्द्रीय रहेर उक्त तालिम प्रदान गरेका थिए ।
विद्यालयका विभिन्न कक्षा तथा सेक्सनका विद्यार्थीहरूलाई सम्पादकीय लेखन, समाचार लेखन, लेख रचना र समसामयिक ज्ञानसम्बन्धी सामग्री तयार पार्दै भित्ते पत्रिका निकाल्ने तरिका र त्यसकाे ढाँचाकाे बारेमा सिकाइएकाे छ ।
विद्यालयले आगामी दिनमा भित्ते पत्रिका निकाल्ने उद्देश्य सहीत दक्ष व्यक्तिहरूबाट विशेष तालिम दिइँदैछ आइरहेको छ ।
विद्यालय प्रशासनले भित्ते पत्रिका प्रकाशनलाई विद्यार्थीहरूको सिर्जनात्मक सीप विकास र सिकाइलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।










प्रतिकृया दिनुहोस्