- १६ फाल्गुन २०८१, शुक्रबार १९:५४
फागुन । गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै विद्यार्थी र अभिभावकको हितलाई केन्द्रमा राखेर विधेयक पारित हुने उल्लेख गर्दै उक्त कुरा बताएका हुन् ।
शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै विद्यार्थी र अभिभावकसँगै शिक्षकका हित, विद्यालयका कर्मचारीका हित, निजी र आवासीय विद्यालयका हित, सामुदायिक र सार्वजनिक विद्यालयका हितहरूलाई केन्द्रीय भागमा राखेर विधेयक पारित हुने बताए ।
यसैगरी अहिलेकोे सरकारले कानुनी र नीतिगत सुधारलाई अत्यन्त प्राथमिकतामा राखेको र संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरूलाई आवश्यक कानुन नीति, निर्माण गरेर संविधानका ति व्यवस्थाहरूलाई जनतासम्म पु¥याउने काममा लागेको उनको भनाई थियो ।
गृहमन्त्री लेखकले कानुनी र नीतिगत सुधार सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै सङ्घीय संसदमा विचाराधिन शिक्षासम्बन्धी विधेयक चाँडो भन्दा चाँडो पास गर्ने बताए । उनले सङ्घीय संसदमा विधायनको काम ढिलो भएकाले निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्नैपर्ने व्यवस्था गरेर कानुन निर्माण गर्ने काममा सरकार लागिरहेको बताए ।










प्रतिकृया दिनुहोस्