- २३ माघ २०८१, बुधबार २२:२४
गोकर्णेश्वर नगरपालिकाले विदेशमा रहेका नेपालीहरुलाई मध्यनजर गरि नगरपालिका मातहतको अन्तराष्ट्रिय विभाग गठन गरेको छ । गोकर्णेश्वर नगरपालिका भित्रबाट विदेशमा रहेका नेपालीहरुको सेवा सुविधा देखी भै परि आउने सम्पूर्ण कार्यमा नगरपालिकाको सहयोग रहने नगरपालिकाका मेयर दिपक रिसालले जानकारी दिए ।
त्यसै गरी विदेशमा समस्या परेर दुःख भोगी रहेका अलपत्र परेका, ठगिएका, विभिन्न कारणले नेपाल फर्कन नसकेका, विभिन्न मुद्दामा परी विदेशी जेलमा रहेका, मृत्यु भएर लास नेपाल ल्याउन नसकेका आदि कुराहरूमा सहयोग गर्न यस विभागले सहयोग गर्ने पनि मेयर रिसालले बताए ।
नगरपालिका भित्रबाट विदेशमा बसोबास गरेका नेपालीहरुलाई कुनै पनि सहयोगको लागि नगरपालिकाले (Student, Work, PR..etc.) पेजको पनि निर्माण गरेको यहि पेज मार्फत आफनो समस्या नगरपालिकामा राख्न पनि मेयर रिसालले अनुरोध गरेका छन् ।










प्रतिकृया दिनुहोस्