- २६ कार्तिक २०८१, सोमबार ०७:५३
काठमाडौं । हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानको एक प्रतिनिधिमण्डलले माननीय गृह मन्त्री रमेश लेखक समक्ष आज ध्यानाकर्षण पत्र बुझाएको छ।
पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कल्याण कुमार तिम्सिना को नेतृत्व मा गएको प्रतिनिधिमण्डलको तर्फबाट अभियान का राष्ट्रिय महासचिव देवेश झा बाट ध्यानाकर्षण पत्र हस्तांतरण गरिएको थियो ।
पत्रमार्फत आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर लगायत समग्र पाशुपत क्षेत्रभित्र को बेथिति, अराजकता र अतिक्रमणलाई नियन्त्रण र कारबाही गर्न माग गरिएको छ । उक्त अवसर गृह मन्त्रीले विषय संवेदनशील रहेको चर्चा गर्दै आफूले गम्भिरतापूर्वक लिने बताएका छन् ।
एक फरक प्रसङ्गमा धर्मान्तरणको घटनाबाट आफू चिन्तित रहेको उल्लेख गर्दै मन्त्री लेखकले त्यसबारे प्रादेशिक सुरक्षा बैठकमा छलफल हुने जानकारी समेत गराउनु भयो । प्रतिनिधिमण्डलमा गीता सत्याल, केशव प्रसाद चौलागाईं, रामशरण सापकोटा र सन्तोष आचार्य समेत को सहभागीता थियो ।











प्रतिकृया दिनुहोस्