- ११ आश्विन २०८१, शुक्रबार १७:३५
असाेज ११, जनकपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जनकपुरधाम स्थित श्री संकटमोचन दे. रा. माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत १२५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

उक्त कार्यक्रममा विद्यार्थी परिषद्कि राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण दत्त, जानकी प्रदेश अध्यक्ष डा. सुष्मा तिवारी, विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय उपाध्यक्ष श्री रूपेश कुमार झा, जानकी प्रदेश सचिव अरुण कुमार कुशवाह, विद्यालयका प्राचार्य, शिक्षक, कर्मचारी लगायतको उल्लेख्य उपस्थिति रहेको परिषद्ले जनाएको छ।

भारत सरकार र भारतीय जनताले प्रदान गरेकाे उक्त सामग्रीहरू झाेला, कापि, कलम, ज्यामिति बकस, प्राज्ञिक अङ्ग्रेजी बाेलिचालि पुस्तक, नेपाली शब्दकाेषहरू विद्यार्थी र विद्यालयलाई प्रदान गरिएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्