- ९ माघ २०७८, आईतवार १२:४०
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख) को कोरोना महामारी जनचेतना तथा मास्क वितरण अभियान सुरु भएको छ ।नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख) मा रहेको बुढानिलकण्ठ नगरपालिकाका वडा नं. ८ बाट सो अभियान सुरु गरिएको हो।
विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीको तेस्रो भेरिएन्ट ओमिक्रोन भाइरसबाट बच्नका लागि नेपाली कांग्रेस प्रदेश समितिको सक्रियतामा बुढानिलकण्ठ नगरपालिकाको ३ वटा वडाहरु वडा नं.८, वडा नं १० र १२ को नेपाली कांग्रेस प्रत्यक वडा कमिटीलाई ३२ सय थान माक्स र सेनिटाइजर वितण गरेको नेपाली कांग्रेस प्रदेश समिति काठमाडौँ क्षेत्र नं.४ (ख)का सचिव मनोज सिग्देलले शिक्षा संचारलाई बताएका छन् ।

आजबाट सुरु भएको माक्स वितरण अभियानमा नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि तथा पुर्व क्षेत्रीय सचिव बिनोद चालिसे, जिल्ला समिती सदस्य ललिता देवी गुरुङ,काठमाण्डौ क्षेत्र नं ४ (ख) का उपसभापति श्यामकृष्ण श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ४ (ख) का सचिव मनोज सिग्देल,काठमाण्डौ क्षेत्र नं ४ (ख) का सहसचिव प्रमोद अधिकारी विश्वनाथ दाहाल ,वडा नं १२ का सभापति सुनीत चालिसे लगायतको टोलीले कपन प्रहरी प्रभाग, नेपाली कांग्रेस वडा कमिटि ८, १० र १२ मा मास्क तथा स्यानीटाइजर वितरण गर्दै अभियान सुरु गरेका छ ।

आज बाट सुरु भएको अभियान अन्तर्गत प्रदेस क्षेत्रका सबै वडामा बुढानिलकण्ड नगरपालिकाको सबै वडाहरुको इकाई समितीको संयोजनमा वडाका चोक तथा जनघनत्व बढी हुने स्थानहरुमा स्वास्थ्य मापदण्ड अपनाउदै ५० हजार थान मास्क वितरण गरिने नेपाली कांग्रेस बाग्मती प्रदेश काठमाडौँ क्षेत्र नं.४ (ख) का सचिव सिग्देलले जानकारी दिएका छन। उहाँले महामारी नियन्त्रण गर्नु हामी सबैको दायित्व भएकाले नेपाली कांग्रेस प्रदेश समिति काठमाडौँ क्षेत्र नं. ४ (ख) का सबै सदयस्यहरु मिलेर यस अचियान सुरु गरेको र सबै नागरिकलाई केही समय सचेत रहन आग्रह समेत गर्नु भएको छ । साथै उहाँ महामारबिाट प्रभावित गरिब, असहाय नारिकहरुलाई अन्य किसिमको मानविय र स्वास्थ्य उपचार गर्नका लागि पनि तयार रहेकोले समस्यामा परेका व्यत्तिहरुले सम्पर्क गर्नका लागि अनुरोध समेत गर्नु भएको छ ।











प्रतिकृया दिनुहोस्