- १९ श्रावण २०८१, शनिबार २१:५९
काठमाडौँ । विश्व निकेतन माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई शैक्षिक अभिमुखिकरण कार्यक्रम गरेको छ ।
काठमाडौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१/०८२ का लागि कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई शनिबार एक दिने शैक्षिक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हाे ।

अभिमुखिकरणमा विद्यालयका प्राचार्य हेरम्बराज कण्डेलले विद्यार्थीहरूले विद्यालयमा पालना गर्नु पर्ने ऐन, नियम, अनुशासन र कर्तव्यकाे बारेमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।
साथै आफुले छनाैट गरेको विषयहरू कुन कुन समयमा अध्ययन हुने, कुनु विषय कुन सरहरूले कुन विषय पढाउनु हुन्छ ती सबै विषयहरूकाे बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनु भएको थियोे । साथै यहिँ साउन २२ गते साेमबार देखि सबै विषयकाे नियमित रूपमा पठनपाठन गर्ने जानकारी गराउनु भएको थियोे ।
त्यसैगरी उत्प्रेरक यादव प्रसाद पाैडेलले विद्यार्थीहरूलाई आफ्नो भविष्यकाे लक्ष्य, उद्देश्य तय गरेर अगाडि बढन र जस्तो सुकै कठिनाई आइपरे पनि निरन्तर रूपमा अगाडि बढन प्रेरित गरेका थिए । साथै पढने समयमा केटि वा केटाहरूसँग माया पिरतिमा परेर आफ्नो आमा बुवाकाे भावनमा, माया स्नेहलाई चाेट पुग्ने कुनै पनि गलत कार्य नगर्न सुझाएका थिए । उनलेे विद्यार्थीहरूलाई विभिन्न कथाहरूकाे माध्यम बाट उत्प्रेरणा प्रदान गरेका थिए ।
त्यसैगरी शिक्षा संचारका सञ्चाक एवम् छात्र विचार पत्रिकाका कृष्ण हुमागईंले विद्यार्थीहरूमा हुनु पर्ने गुण, चरित्र र अनुशासनकाे विषयमा विद्यार्थीहरूलाई जानकारी गराउँदै विद्यार्थीहरूमा हुनु पर्ने अनुशासन, नैतिकता, चरित्रताकाे बारेमा उपस्थित विद्यार्थीहरूलाई अभिमुकरण गरेका थिए । साथै उनले विद्या भनकाे मानिसलाई असल व्यक्ति निर्माण गर्ने साध्य भएकोले विद्यार्थीहरू असल व्यक्ति बन्न निरन्तर संर्घष र साधना गर्न उत्प्रेरित गरेका थिए ।

विद्यालयका प्राङ्गणामा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरूले तयार गरेकाे विभिन्न किसिमकाे सांस्कृतिक नृत्यहरू, साथै प्रतिभा प्रस्तुत गरेका थिए ।

साथै कार्यक्रममा नयाँ भर्ना भएका १२५० विद्यार्थी लगायत अभिभावक , शिक्षक, माेटिभेसन स्पिकर यादव प्रसाद पाैडेल, शिक्षा संचार अनलाइनका सञ्चालक एवं छात्र विचार पत्रिकाका सम्पादक कृष्ण हुमागाईं तथा विद्यालयका कर्मचारीको महत्त्वपूर्ण उपस्थिति रहेको थियो।











प्रतिकृया दिनुहोस्