- १८ श्रावण २०८१, शुक्रबार १८:१६
काठमाडौँ । काठमाडौंकाे CBM कलेजमा अध्ययन गर्ने विद्यार्थी गाैरव सापकोटा नेपाल टपकाे लिष्ट भित्र पर्न सफल भएका छन् ।
राष्ट्रिय परीक्षा बाेर्डले आज सार्वजनिक गरेको कक्षा १२ काे नतिजामा तनहुँ घर भएका हाल डिल्लीबजारमा रहेकाे CBM कलेजमा व्यवस्थापन विषय अध्ययनरत गाैरव सापकोटा नेपाल टपकाे लिष्टमा पर्न सफल भएका हुन ।
यस पटक कक्षा १२ काे नतिजामा नेपाल टप गर्ने ४ जना विद्यार्थीहरू रहेका छन् जसमा CBM कलेजकाे गाैरव सापकोटा, ग्लाेबल कलेजबाट २ जना र बुटवलकाे हाेराइजन कलेजबाट १ जना विद्यार्थीले उर्वाेकृष्ट अंक ३.९६ GPA ल्याएर नेपाल टप भएका हुन ।
आज सार्वजनिक गरिएको कक्षा १२ काे नतिजामा CBM कलेजमा अध्ययनरत अनमाेल सापकाेटा ३.७६ रैना कुमारी दास ३.७१, ऋतिक कुमार दास ३.६६ नितेस ज्ञावाली ३.६६ जिपिए ल्याएर उत्कृष्ट हुन सफल भएका छन् । सिविएम कलेज विज्ञान विषयमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । साथै व्यवस्थापन विषयमा ९० प्रतिशत भन्दाबढि उत्कृष्ट नतिजा लाएर पास भएका छन् ।

विगत २७ वर्षदेखि गुणस्तरीय र व्यवहारिक शिक्षा दिँदै आइरहेको CBM कलेजले हरेक वर्ष आफ्नो विद्यार्थीकाे नतिजामा पनि नेपाल मै उत्कृष्ट अंक ल्याएर नेपालकाे उत्कृष्ट नतिजा ल्याउने कलेज भित्र पर्न सफल भएकाे छ । त्याे उत्कृष्टता यस वर्ष पनि CBM कलेजले कायम राखेकाे कलेजका प्रिन्सिपल सुमन न्याैपानेले शिक्षा संचारलाई बताउनु भयो ।










प्रतिकृया दिनुहोस्