- २२ असार २०८१, शनिबार १५:५३
नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-२ को नारायणी किनारका २५ वटा घर डुबानमा परेका छन् । नारायणी नदीको बाढी बस्तीमा पस्दा बोटेटोल जलमग्न भएको छ ।
बाढीको कारण २५ वटा घरमा रहेको अन्नपात र लत्ता कपडा भिजेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी बेद बहादुर पौडेलका अनुसार डुबानमा परेको बस्तीका मानिसलाई टोल सुधार समितिको ट्रष्ट भवनमा राखिएको छ ।
यसैगरी केरुङ्गे खोलाको बाढीले हुप्सेकोट गाउँपालिका-४ को खेती योग्य जमिन कटान गरेको छ । प्रहरीका अनुसार करिब २५ विगाहा क्षेत्रफलमा लगाएको खेतीमा खोला पस्दा क्षति पुगेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्