- १६ असार २०८१, आईतवार १९:३३
नवलपरासी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे राष्ट्रिय पूर्णकालिक वर्ग ऐतिहासिक पवित्र धार्मिक स्थल नवलपरासीकाे त्रिवेणी गजेन्द्र माेक्षधाममा सम्पन्न भएको छ ।
समाज र राष्ट्रप्रति समर्पित विद्यार्थी परिषद्का पूर्णकालिक कार्यकर्ताहरूकाे वैचारिक विकास, नेतृत्व विकास, परिषद् कार्यकाे व्यापकता र विस्तार लगायत विविध विषयहरूमा प्रशिक्षण गर्ने उद्देश्यले यही असार १३ देखि १६ गते सम्म आयोजना गरिएको राष्ट्रिय पुर्णकालिक वर्ग सम्पन्न भएको विद्यार्थी परिषद्ले जनाएको हाे । साथै उक्त वर्गमा परिषद् कार्यलाई अझैँ संगठित, प्रभावकारि र सर्वव्यापी बनाउनका लागि परिषद्का पूर्णकालिक कार्यकर्ताहरूले विशेष संकल्प समेत गरेका छ ।

परिषद्ले निस्वार्थ भावका साथ समाज र राष्ट्रका युवा शक्तिलाई मार्ग दिर्नेशन गर्ने, युवा शक्तिलाई संगठित गर्ने, समाज रूपान्तरका लागि असल र कशुल व्यक्ति निर्माणका लागि आफ्नो उच्च शिक्षा पूरा गरि पूर्ण रूपमा समाज र राष्ट्र प्रती समर्पित भइ कार्य गरिरहेका कार्यकर्ताहरूकाे विकासका लागि उक्त राष्ट्रिय पूर्णकालिक कार्यकर्ता वर्गकाे आयोजना गरिएको परिषद्ले जनाएको छ ।

विद्यार्थी परिषद्ले विगत २८ वर्षदेखि निरन्तर रूपमा समाजका विद्यार्थी र युवा शक्ति संगठित गर्दै राष्ट्र प्रथम भावकाे विकास गर्दै अनवरत रूपमा शिक्षा क्षेत्रमा कार्य गरिरहेकाे छ । विद्यार्थी परिषद्ले देशकाे धर्म , संस्कृति , संस्कार, नेपाली माटो सुहाउँदो शिक्षा पद्धति, वैदिक शिक्षा, शिक्षालयहरूलाई दलगत राजनीति भन्दा माथि राख्नका लागि काम गरिरहेकाे छ ।

विद्यार्थी परिषद्ले नेपालकाे समग्र शिक्षा क्षेत्रकाे सुधारका लागि विश्वविद्यालयहरूमा दलगत राजनीतिकाे अन्त्यका लागि निरन्तर रूपमा कार्यरत छ । विद्यार्थीकाे नेतृत्व,विकास, नैतिकता, चरित्र विकास, अनुशासन र एक आदर्श राष्ट्र प्रथम भावकाे साथ कार्य गर्ने व्यक्तित्व विकासकाे लागि काम गरिएको परिषद्ले जनाएको छ ।










प्रतिकृया दिनुहोस्