- ९ असार २०८१, आईतवार १८:४७
असार ९, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काेशी प्रदेश र कर्णाली प्रदेशकाे वार्षिक समिक्षा याेजना बैठक सम्पन्न भएको छ ।
विद्यार्थी परिषद्ले आफ्नो प्रदेशमा गत वर्ष भएको कार्यगत विवरणहरूकाे विशेष समिक्षा गर्ने र आगामी वर्षमा गरिने कार्यहरूबारे वार्षिक कार्ययोजना तयार गर्नै उद्देश्यले उक्त बैठक बसेकाे परिषद्ले जनाएको छ ।
यही असार ७ र ८ गते कर्णाली प्रदेशकाे सुर्खेतमा बसेकाे वार्षिक समीक्षा याेजना बैठकले आगामी वर्षामा सञ्चालन हुने अभ्यास वर्ग र प्रशिक्षण कार्यक्रमहरू, सदस्यता अभियान, प्रदेश स्तरीय तालिम, क्याम्पस एकाइ समिति गठन, कार्यकर्ताकाे प्रवास याेजना, विभिन्न किसिमका रचनात्मक कार्यक्रमहरूकाे विशेष याेजनाहरू तयार गरिएको विद्यार्थी परिषद् कर्णाली प्रदेशले जनाएको छ । कर्णाली प्रदेशकाे बैठकमा परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेलकाे विशेष उपस्थित रहेको थियोे ।
त्यसैगरी असार ७ र ८ मै काेशी प्रदेशकाे धरानमा सञ्चालन गरिएको प्रदेश समीक्षा तथा याेजना बैठकमा परिषद्ले विगतकाे विशेष समीक्षा र आगामी वर्षको कार्ययोजनाहरू तयार गरिएको विद्यार्थी परिषद्का सगरमाथा ( काेशी ) प्रदेशले जनाएको छ ।
सगरमाथा ( काेशी ) प्रदेशकाे बैठकमा परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालकाे विशेष उपस्थित रहेको थियोे ।











प्रतिकृया दिनुहोस्