- २७ जेष्ठ २०८१, आईतवार २२:४१
काठमाडौ महानगरपालिका र हिसानको संयुक्त आयोजनामा तीन दिने शैक्षिक मेला शुरुभएको छ। ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारा सहित बिभिन्न कलेजहरूको उपस्थितिमा काठमाडौको टुडिखेलमा शैक्षिक मेला शुरु भएको हो।
उक्त मेलामा गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्था छनोट तथा बिषय परामर्शको लागि अभिभावक तथा विद्यार्थीहरू सहित सरोकारवालाहरूलाई उपयोगी हुने बताइएको छ।
उत्कृष्ट र जीवनउपयोगी शिक्षा काठमाडौँभित्र सम्भव छ । यो दावीलाई नतिजामा उतार्नु पर्नेछ ।’ शैक्षिक मेला उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, शैक्षिक सुधारका कार्यक्रममा धारणा राख्दै भन्नुभयो, ‘सामुहिक लाभ तथा सार्वजनिक हितका लागि काठमाडौँ महानगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गर्दै आएको छ । यसलाई निरन्तरता दिनेछ ।’
उपमेयर डंगोलले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) सँगको सहकार्यबाट प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्दै र बढाउँदै लैजाने बताउनुभयो। ‘महानगरपालिकाले सुरु गरेको शिक्षामा सिप कार्यक्रममार्फत निजी सुविधामा समुदायको पहुँच पुगेको डंगोलको धारणा थियो।
कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले काठमाडौँ महानगरपालिकाले थालेको शिक्षामा सिप कार्यक्रमलाई पूर्ण क्षमतामा सञ्चालन गर्न हाम्रा दायित्वका काम गर्न प्रतिवद्ध रगेको बताउनुभयो । उहाँले यसका लागि निजी क्षेत्रसँग प्राविधिक दक्षता, योग्यता र क्षमता रहेको समेत धारणा राख्नुभयो।
मेला भोलिसम्म चल्नेछ । यसभित्रका प्रदर्शनी स्थलहरुबाट शैक्षिक जानकारी लिन सकिन्छ । यस्तै शिक्षामा सिप, प्रविधि र विषयगत अध्ययनसँग रोजगार र स्वरोजगारको परामर्श उपलब्ध हुनेछ ।











प्रतिकृया दिनुहोस्