- ४ जेष्ठ २०८१, शुक्रबार ०९:३८
राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षकको विवरण माग गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लाका जिल्ला शिक्षा समन्वय इकाइलाई पत्राचार गरेको छ । केन्द्रले बिहीबार पत्राचार गर्दै हालसम्मको प्रगति विवरण माग गरेको हो ।
केन्द्रले यसअघि नै राजनीतिमा आबद्ध शिक्षकहरूको विवरण माग गरेको थियो । तर, जिल्ला शिक्षा समन्वय इकाइबाट पर्याप्त विवरण नआएपछि शिक्षा मन्त्रालयले ताकेता गर्न निर्देशन दिएपछि केन्द्रले बिहीबार पत्राचार गरेको हो ।
दुई साताअघि शिक्षा मन्त्रालयले राजनीतिमा प्रत्यक्ष रूपमा जोडिएका शिक्षकलाई कारबाही गर्न केन्द्र र इकाइहरूलाई निर्देशन दिएको थियो । हालसम्म त्यस्ता शिक्षकहरूमाथि कारबाही नभएको भन्दै शिक्षा मन्त्रालयले पुनः निर्देशन दिएको हो ।
केन्द्रले विद्यालयमा बहाल रहेका शिक्षकहरू काजमा रहेको भेटिए कारबाही गर्न पनि निर्देशन दिएको छ । बिहीबार केन्द्रका निर्देशक नारायणप्रसाद पोखरेलले जारी गरेको विज्ञप्तिमा १५ दिनभित्र शिक्षकहरूको विवरण पठाउन निर्देशन दिइएको छ ।










प्रतिकृया दिनुहोस्