- १८ बैशाख २०८१, मंगलवार १२:०३
काठमाडौँ , १८ बैशाख । नेपाल शिक्षक महासङ्घमा आबद्ध घटक संगठनहरूबिच विवाद चुलिदा महाधिवेशनलाई अलपत्र पारिको छ । बैशाख १० गते महाधिवेशनको उद्घाटन गरिएपनि घटक संगठनहरू विच कुरा नमल्दिा अहिलेसम्म पदाधिकारी घोषणा गरिएको छ ।
महासङ्घमा आबद्ध ठुलो घटक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशन नै बहिस्कार गरेपछि अहिले नेपाल शिक्षक महासङ्घको महाधिवेशन अलपत्र जस्तै भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको बैशाख ७ गते बसेको राष्ट्रिय समितिको बैठकले महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको थियो ।
समितिको बैठकले २०७८ पछि शिक्षण पेशामा प्रवेश गरेका शिक्षकहरूलाई पनि सहभागी गराउनुपर्ने र नेपाल शिक्षक महासङ्घको विधान विपरीत एक पक्षीय ढङ्गले जिल्ला समितिहरू घोषणा गरेको भन्दै सहभागी नहुने घोषणा गरेको थियो ।
बैशाख १० गते महाधिवेशन उद्घाटन गरिसकेपछि घटक संगठनहरुबिच बसेर सहमति गरिने भनेपनि अहिलेसम्म कुनै निकास निकालिएको छैन । यता महाधिवेशनको निर्वाचन समितिले आबद्ध घटक संगठनहरूलाई आफ्नो भागमा परेका पदाधिकारी तथा सदस्यहरू तोकी नामावली पठाई बन्द सूचिमा पेस गर्न भनेको छ । बैशाख १७ गतेसम्म बन्द सूचि पेस गर्न भनिएपनि अहिलेसम्म विवाद नमिल्दा सूचि पेस गरिएको छन् ।
साथै निर्वाचन समितिले बन्द सूचि पेस गर्न भन्दै पत्र काटे पनि घटक संगठनहरुबिचमा नै सार्वजनिक नगरिएको पाइएको छ । केही घटक संगठनहरूले बन्दसूचीको पत्र खल्तीमा बोकेर हिडेपनि विवाद नमिलेसम्म सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।
बन्द सूचि अनुसार अध्यक्ष–१, उपाध्यक्ष–१, उपमहासचिव ९महिला०–१, सचिव–१ र सदस्य ८ गरी जम्मा १२ जना नेपाल शिक्षक संघको भागमा राखिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनलाई उपाध्यक्ष–१, महासचिव– १, उपमहासचिव– १, सचिव–१ र सदस्य ७ गरी जम्मा ११ जना, एकीकृत अखिल नेपाल शिक्षक संगठनलाई सह–अध्यक्ष–१, उपमहासचिव– १, सचिव महिला–१, सचिव–१ र सदस्य ६ गरी जम्मा १० जना भागमा राखिएको छ ।
त्यसैगरी अ.ने.शि. संगठनलाई उपाध्यक्ष महिला–१, उपमहासचिव अर्थ–१, सचिव– १ र सदस्य ५ गरी जम्मा ९ जना, अ.ने.शि. संघलाई उपाध्यक्ष–१, उपमहासचिव– १ र सदस्य ४ गरी जम्मा ६ जना, रा.शि.मञ्च उपाध्यक्ष–१, सचिव– १ र सदस्य ३ गरी जम्मा ५ जना, सं.शि.फोरम नेपाललाई उपाध्यक्ष–१, सचिव–१ र सदस्य ३ गरी जम्मा ५ जना, प्र.ने.रा.शि.संगठनलाई उपाध्यक्ष – १, सचिव– १ र सदस्य ३ गरी जम्मा ५ जना, मधेशी शिक्षक फो.लो.लाई उपाध्यक्ष–१, सचिव– १ र सदस्य ३ गरी जम्मा ५ जना, सं.वि.शि.युनियनलाई उपाध्यक्ष १ र सदस्य ४ गरी जम्मा ५ जना र लो.शि. युनियन,ने.रा.शि. परिषद्, म.आ.शि.सं. मञ्च नेपाल, अ.ने.रा.शि.संगठन, ने.वि.क परिषद् क्रमशः ३ जना सदस्य भागमा पारिएको छ ।
उनिहरूले सबै घटक संगठनहरू बसेर सहमति गरेर अगाडि बढ्ने भनेपनि अहिलेसम्म बैठक बस्न सकेको छैन । महाधिवेशन उद्घाटन गरेको ९ दिनपछि आज केही बेरमा नेपाल राष्ट्रिय शिक्षक संगठनसँग सहमति गर्ने प्रयास हुने जनाएका छन् ।










प्रतिकृया दिनुहोस्