- १५ बैशाख २०८१, शनिबार १२:१५
चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कृषि तथा वन विज्ञान विश्वविद्यालय एकाइ समितिले समग्र शैक्षिक सुधारका लागि विश्वविद्यालय पदाधिकारीलाई सुझाव पत्र बुझाएको छ ।

परिषद्ले विश्वविद्यालयको पठनपाठन, कर्मचारी तथा प्राध्यापक समस्या, शैक्षिक क्यालेण्डर, पुस्तकालय, छात्रावास परिसरकाे सुधार लगाएतका मागहरू राख्दै विश्वविद्यालय उपकुलपतिको कार्यालय परिसरमा धर्नासँगै विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डा हिमाल लुइँटेल र प्रशासन प्रमुख बसन्त पौडेलसँग बृहत् छलफल गरी सुझावपत्र बुझाएको हाे ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय संयाेजक विक्की सिंहकाे नेतृत्व रहेको टोलीले धर्ना तथा छलफल गरि सुझावपत्र बुझाएको परिषद्ले जनाएको छ । जसमा विश्वविद्यालयमा अध्ययनरत परिषद्का सदस्यहरूकाे सक्रिय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, कर्णाली र सुदुरपश्चिम प्रदेश संगठन सचिव तथा राष्ट्रिय जनजातिकार्य प्रमुख चन्द्रशेखर जाेशी, गण्डकी प्रदेशका प्रदेश संगठन सचिव नारायण तिमिल्सिना लगाएतकाे विशेष उपस्थिति रहेको थियोे ।













प्रतिकृया दिनुहोस्