- ११ बैशाख २०८१, मंगलवार ०८:५१
काठमाडौँ । हिन्दू स्वयंसेवक संघको राष्ट्रिय योजना बैठक २०८१ बैशाख ७-८ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकबाट संघकाे राष्ट्रिय संघचालक दायित्वमा कल्याण कुमार तिम्सिना निर्वाचित हुनुभएको छ । उहाँ यस पूर्व माननीय राष्ट्रिय सह-संघचालक हुनुहुन्थ्यो र उहाँ नेपाल प्रहरीको उच्च नेतृत्व अतिरिक्त प्रहरी महानिरीक्षक (AIG) जस्तो महत्वपूर्ण जिम्मेवारी पूरा गरी हाल सेवा निवृत्त हुनुहुन्छ।

राष्ट्रिय सह-संघचालक दायित्वमा विष्णुप्रसाद पौडेल मनोनीत हुनुभएको छ । उहाँ यस पूर्व गण्डकी सम्भागका माननीय सह-संघचालक हुनुहुन्थ्यो र उहाँ लामो समय शिक्षा क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । साथै धार्मिक सामाजिक नेतृत्वमा सक्रिय रूपमा नेतृत्वदायी भूमिका निर्वाहन गर्दै आइरहनु भएको छ।
निवर्तमान राष्ट्रिय संघचालक आदरणीय हेम शर्मा आचार्य ग्राम विकास गतिविधिका साथ आमन्त्रित सदस्य रहने बैठकले घाेषणा गरेको छ ।
संघको विधान अनुसार कार्यकारिणीको निर्वाचन प्रत्येक तीन वर्षमा हुने प्रावधान रहेको छ। जस अन्तर्गत यस वर्ष आयोजित राष्ट्रिय योजना बैठक २०८१ काठमाडौँमा नयाँ राष्ट्रिय संघ चालकका साथ २५ सदस्यीय राष्ट्रिय कार्यकारणी सर्वसम्मतिद्वारा निर्वाचित गरिएको संघले जनाएको छ ।
जसमा राष्ट्रिय कार्यवाहमा (महासचिव) मुरली प्रसाद नोरौला र तीन राष्ट्रिय सहकार्यवाह निर्वाचित हुनु भएको छ ।










प्रतिकृया दिनुहोस्