- २४ चैत्र २०८०, शनिबार १८:५६
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश गाेपाल प्रसाद पराजुलीले जनजाती समुदायकाे धर्म संस्कृति र कलाकाे संरक्षण गर्नु पर्ने आवश्यक रहेको बताएका छन् ।
शनिबार जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रवासकाे १४ ओैँ वार्षिक उत्सव कार्यक्रममा बाेल्दै उनले आज नेपालकाे जनजाति समुदायमा विभिन्न विदेशी संघसंस्था र एनजीओहरूले लाेभ र प्रलाेभनमा पारि धर्मान्तरण गर्ने कार्य तिव्र बढिरहेकोले यस विषयमा गम्भीर बन्दै उनिहरूकाे धर्म, संस्कृति र कलाकाे संरक्षण गर्नु पर्ने आवश्यक रहेको बताएका हुन ।

कार्यक्रममा रामानन्द सागर निर्देशित चर्चित टेलिश्रृङ्खला रामायणमा सीता माताकाे भूमिकामा अभिनय गरेकी नायीका दिपिका चिखलियाले सम्बोधन गर्दै दीपिकाले रामायणबाट भगवान् राम एक असल पुत्र, भाइ र श्रीमान् हुनुहुन्थ्यो भन्ने कुराको जानकारी कथा रामायणले प्रस्तुत गरेको बताइन् ।
उतीबेला दुई तीन बिहे गर्ने चलन रहेको भए पनि भगवान् रामले सीताका लागि धर्म निभाएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने उनको भनाइ थियो ।

रामले आफ्नो १४ वर्ष वनबास गर्दा आदिवासी जनजातिहरूकै सहारामा वनबास सफल पार्दै उनीहरूकै साथ सहयोगले रावणलाई परास्त गर्दै धर्मकाे स्थापना गरेकाे विषय बताउँदै आज पनि धर्म संस्कृतिकाे संरक्षणमा जनजाति समुदायलाई जागरण गर्दै उनिहरूकाे विकास गर्नु पर्ने आवश्यक रहेको बताएकी थिइन् । साथै उनले जनजाति बालबालिकाहरूकाे विकासका लागि समाजका सचेत व्यक्तिहरूले सहयोग गर्नु पर्ने विषय पनि बताएकी थिइनन् ।

जनजाति कल्याण आश्रमले शनिबार काठमाडौँकाे आर्मी क्लबमा आयोजना गरेको वार्षिक उत्सव कार्यक्रममा महासचिव प्रेम थुलुङले जनजातिका लागि कल्याण आश्रले सेवा कार्य, संस्कार , उनीहरूकाे भाषा,कला, संस्कृति र धर्मको संरक्षणमा विगत २१ वर्ष कार्यगर्दै आइरहेको साथै आमाको माया छात्रबासकाे नाममा देशभर ११ स्थानमा ३०० भन्दा बढि बालबालिकाहरूलाई संस्कार सहितको निशुल्क शिक्षा,दीक्षा, खान बस्न साथै सम्पूर्ण चिजकाे जिम्मेवारी सहित समाजमा व्यक्ति निर्माणकाे कार्य गरिरहेकाे बताएका थिए ।
कल्याण आश्रमले आमाको माया छात्रबासकाे १४ ओैँ वार्षिक उत्सवमा प्रमुख अतिथिकाे रूपमा पूर्व प्रधानन्यायाधिश गाेपाल प्रसाद पराजुली, विशिष्ट अतिथिहरूभारती अभिनेत्री रामायण टेलिसिरियलकि सीता ( दीपिका चिखलिया), हिन्दू स्वयंसेवक संघका राष्ट्रिय सह प्रचारक रेवित कुमार, पूर्व मेजर जर्नल महेश विक्रम कार्की, पूर्व एआईजी कल्याण कुमार तिमल्सिना लगायत विभिन्न क्षेत्रका व्यवसायी, प्राध्यापक, शिक्षक, पत्रकार, सामाजिक एवम् धार्मिक व्यक्तिहरूकाे विशेष उपस्थिति गराउँदै आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको छ ।











प्रतिकृया दिनुहोस्