- ११ फाल्गुन २०८०, शुक्रबार १४:०३
फागुन ११, काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारमा रहेको प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा मुख्य मूर्तिको अभिषेक गरि नयाँ मन्दिरमा स्थापना गरिएको छ ।
२०७२ सालको भूकम्पमा परि पुरानो मन्दिर भत्किए पछि नव निर्मित मन्दिरको गर्भ गृहमा बिहीवार नृसिंह भगवान्को मूर्ति अभिषेक गरि स्थापना गरिएको हो ।
नेत्रावती (आँखु) र बुढीगण्डकीको संगम स्थलमा रहेको उक्त धाममा फागुन ७ गते देखि १० गतेसम्म चक्र न्यास, कलश प्रतिष्ठा, टुँडाल पूजा लगायतका विभिन्न धार्मिक अनुष्ठान गरि बिहीवार नृसिंह भगवानलाई अभिषेक सहित नवनिर्मित मन्दिरमा सार्ने उत्सव गरिएको हो ।
युवा धर्म गुरु श्रीवास कृष्णदास व्रह्मचारीको अगुवाइमा नृसिंहधाम क्षेत्रको विकास भईरहेको छ । नृसिंहधाममा दिर्घकालिन योजनाका साथ गौशाला, वेद विद्याश्रम, छात्रावास, यज्ञकुण्ड सत्संग हल लगायतको निर्माण हुनेछ ।











प्रतिकृया दिनुहोस्