- २५ माघ २०८०, बिहीबार १७:२६
माघ २५, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले माघ २६ गते शुक्रबार समग्र शैक्षिक सुधारका लागि देशकाे प्रमुख शहरहरूमा विद्यार्थी दबाब यात्रा गर्ने भएको छ ।
विद्यार्थी परिषद्ले नेपाल समग्र शैक्षिक क्षेत्र सुधारकका लागि माघ महिनाभर सञ्चालन गरेकाे राष्ट्रव्यापी शैक्षिक सुधार अभियान २०८० अन्तरगत आफुहरूले राखेकाे शैक्षिक मुद्दा कार्यनयन गराउनका निम्ति उक्त विद्यार्थी दबाब यात्रा निकाल्न लागिएको परिषद्ले जनाएको छ ।
यस अघि विद्यार्थी परिषद्ले आफ्नो विभिन्न कार्यक्रमहरू चरणबद्ध रूपमा सञ्चालन गरिएको र वीरगन्ज, सुर्खेत, संखुवासभाकाे सदरमुकामहरूमा आफ्नो दबाब यात्रा सम्पन्न गरिसकेको छ । भने माघ २६ गते शुक्रबार परिषद्ले पूर्वकाे विरााटनगर, पाेखरा धनगढी लगायतका शहरमा बृहत् विद्यार्थी दबाब यात्रा निकाल्न लागिएको हाे ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्