- २३ माघ २०८०, मंगलवार २०:१८
माघ २३, काठमाडौं । बौद्ध धर्मावलम्बीहरूको महान सांस्कृतिक पर्व सोनाम ल्होछार मञ्जुश्री सम्वत् १८६० को अवसरमा बौद्धमा बृहत साँस्कृतिक कार्यक्रम–२०८० हुने भएको छ । माघ २७ गते शनिवार श्री बौद्ध तामाङ कल्याण गुठीको भवन बौद्धमा साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा चर्चित कलाकार तथा स्थानीय ब्याण्डहरुको साथमा बेजोड साङ्गीतिक प्रस्तुति रहनेछ । कार्यक्रममा नृत्य निर्देशक डि.बि. मगरको निर्देशनमा नृत्य प्रस्तुति हुनेछ ।
यसैगरी, गायक तथा संगीतकार विशाल योञ्जन, गायक शेरब रुम्बा, गायक प्रबिन्स मोक्तान, गायक बिक्रम मोक्तान, जादुगर दोर्जे ग्लान, गायक रणबहादुर डिम्डुङ, गायक मंगलजीत तामाङ लगायत स्थानीय ब्याण्डहरुको बेजोड साङ्गीतिक प्रस्तुति रहनेछ ।
सोनाम ल्होछारको अवसरमा २७ गते बिहान पूजा पाठ तथा प्रभातफेरी समेत हुने र साँस्कृतिक कार्यक्रम दिउसो १२ः३० बजेबाट हुनेछ ।










प्रतिकृया दिनुहोस्