- २ माघ २०८०, मंगलवार २०:०४
दोलखा। दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोकमा हिमपात पर्न सुरु भएको छ । मङ्गलबार दिउँसोदेखि कालिन्चोक भगवती मन्दिर लगाएत जिल्लाका उच्च भेगमा सामान्य वर्षासहित हिमपात पर्न सुरु भएको हो।
कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात सुरु भएको त्यस क्षेत्रका मानिसहरूले जाानकाारी दिएका छन् ।
गत वर्षको तुलनामा यो वर्ष माघको पहिलो साता अर्थात् आज हिमपात भएको छ।
कालिन्चोकमा दिउँसोदेखि हिमपात सुरु भए सँगै मन्दिरमा दर्शन गर्न गएका कतिपय भक्तजनहरू हर्षित भएका छन् भने वृद्धहरुलाई चिसोले प्रभावीत बनाएको छ। यो हिमापात केहि दिन बस्न सक्ने र अझै हिमपात पर्न सक्ने अनुमान यहाँका होटल व्यवसायीहरुले आकलन गरेका छन्।
हिमपात भएपछि यो बर्ष जिल्लाका पर्यटकीय स्थल कालिन्चोक, शैलुङ,चेर्दुङ लगाएतका स्थानहरूमा पर्यटक आउने अपेक्षा गरेका छन् । हिउँमा रमाउन यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गर्दछ। जिल्लाको उच्च भेगमा हिमपात भएसँगै सदरमुकाम चरिकोट लगाएतका स्थानहरूमा चिसो बढेको छ। केहि दिन अघि जिल्लामा समयमै वर्षा र हिमपात नभएपछि कृषक तथा होटल व्यवसायीहरु मारमा परेका थिए ।










प्रतिकृया दिनुहोस्