- २८ मंसिर २०८०, बिहीबार २१:४०
मंसिर २८, काठमाडौं । बुटवलको कान्ति माध्यमिक विद्यालयले धर्मको प्रचार गर्ने खालको प्रश्नपत्र सोधेको भन्दै बुटवल उपमहानगरपालिकाले विद्यालयसँग लिखित स्पष्टीकरण मागेको छ। विद्यालयले कक्षा ७ को दोस्रो त्रैमासिक परीक्षामा क्रिश्चियन धर्मको प्रचार गर्ने खालका प्रश्न सोधेको भन्दै बुटवल उपमहानगरपालिकाले विद्यालयसँग लिखित स्पष्टीकरण मागेको हो ।
स्थानीय पाठ्यक्रमअन्तर्गतको हाम्रो बुटवल विषयमा विद्यालयले इसाई धर्मका मात्रै पाँच वटा प्रश्न सोधिएको छ। अन्य धर्मका बारेमा भने कुनै प्रश्न सोधिएको छैन। धर्मको प्रचार गर्ने खालका प्रश्न सोधिएपछि विद्यालय विवादमा मुछिएको छ। विद्यालयका अनुसार कक्षा ७ को परीक्षामा २५० जना विद्यार्थी सहभागी छन् ।
एकमात्र धर्मलाई लक्षित गरेर विद्यार्थीलाई प्रश्न सोधिएको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले स्वीकार गर्दै नियतवस त्यस्तो नगरेको बताउँदै विषय शिक्षकसँग यस सम्बन्धमा स्पष्टीकरण सोधेको बताएका छन् । उपमहानगरपालिकाले पाँच दिनभित्र लिखित जवाफ पेस गर्न विद्यालयलाई पत्र काटेको छ ।











प्रतिकृया दिनुहोस्