- १६ मंसिर २०८०, शनिबार २०:३०
कैलालीको धनगढी उपमहानगरपालिकाकाले छाडा रूपमा छाडिएका पशुचौपायालाई गौशालामा राख्न थालेको छ।
अन्नबालीहरूमा सामुदायिक चौपायाहरूले पुर्याउँदै आएको क्षतिबाट किसानको बाली जोगाउने उदेश्यले चौपायालाई व्यवस्थापन गर्ने कामको थालनी गरिएको हो।
उपमहानगरपालिकाका वडा नम्बर १४ ,१८ र १९ मा कृषकहरूको खेतबारीमा लगाएका अन्नबालीहरूमा सामुदायिक चौपायाहरूले क्षति गर्दै आएका थिए।
उपमहानगरपालिकाले गतवर्षमा बजेट व्यवस्थापन गरी निर्माण गरिएको धनगढी–१८ तुल्सीबारीमा रहेको गौशालामा बिहीबारदेखि सामुदायिक चौपायालाई व्यवस्थापन गर्ने कामको थालनी गरेको नगरप्रमुख गोपाल हमालले बताए।
उनका अनुसा बिहीबार गौशालामा ४५५ वटा सामुदायिक चौपायालाई राखिएको छ। सामुदायिक पशु व्यवस्थापन गर्ने कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न नगरबासीलाई नगरप्रमुख हमालले आग्रह गरे।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्