- १२ कार्तिक २०८०, आईतवार १८:४२
रुपन्देही, १२ कार्तिक – युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको अनशन १५ दिनदेखि जारी रहेको छ । आफूहरुका माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउँदै अनशनमा बसेका हुन् ।
भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरुले नयाँ ड्रेस कोडको सट्टा पहिलेको जस्तै हुनुपर्ने, कलेज प्रिन्सिपलले तत्काल राजीनामा दिनुपर्ने, एमएबीबीएस अन्तिम वर्षको रोकिएका कक्षाहरु निरन्तर सुचारु हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेको जनाएका छन् ।
शिक्षा सुधारका नाममा आफूहरुलाई अनावश्यक दुःख तथा यातना दिइएको रिले अनशनमा बसेका विद्यार्थीहरुको आरोप छ । मेडिकल कलेजमा अध्ययनरत इन्टर्न डाक्टरहरुले आफूहरुमाथि श्रम शोषण गरेको र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले २४ हजार पारिश्रमिक दिने गरेकोमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले २४ देखि ३६ घण्टासम्म काम लगाएर जम्मा कर काटेर १० हजार ८ सय ९० रुपियाँ दिने गरेको अनिहरुले बताए । अस्पतालले जबर्जस्ती रुपमा आफूहरुमाथि श्रमशोषण हुने गरेको बताउँदै पारिश्रमिकमा एकरुपता ल्याउन आन्दोलनरत विद्यार्थीहरु तथा चिकित्सकहरुले आग्रह गरेका छन् ।










प्रतिकृया दिनुहोस्