- २० आश्विन २०८०, शनिबार २०:०८
असाेज २०, काठमाडौं । अनुसन्धानकर्ता माेहन श्रेष्ठद्वारा लिखित “धर्मान्तरणकाे धन्दा” पुस्तककाे विमाेचन भएको छ ।
धर्मान्तरणको धन्दाका लेखक मोहन श्रेष्ठ स्पातले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँ, रूवि भ्याली, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, मकवानपुर जस्ता गाउँहरूलाई केन्द्रबिन्दु बनाई लामो समय अनुसन्धानपछि नेपाली समाजमा धर्मान्तरणकाे धन्दा पुस्तक बजारमा ल्याईएकाे हाे ।

सन्तोष आचार्यले प्रकाशन गर्नुभएको छ उक्त पुस्तक शनिबार संस्कृतविद डा जगमान गुरूङ ,पूर्व एआईजी कल्याण कुमार तिम्सिना र कलाकार निखिल उप्रेतीले सामुहिक रूपमा विमाेचन गरेका थिए ।
मोहन लामा रुम्बाले पादरी जोसेफले नेपालमा सन् १७०७ देखि धर्मान्तरणको खेती सुरु गरेको इतिहास खोतल्दै एशियन प्यासिफिकेसन चर्चको नेपाल च्याप्टरले होलिवाइन पान मार्फत नेपालमा औपचारिक रुपमा राज्यले धर्मान्तरणलाई मान्यता दिलाएको विचार राखेका थिए ।

धार्मिक अभियन्ता अभिषेक जोशीले एउटै परिवारका सदस्यहरूमा आएको धार्मिक विखण्डनका कारण परिवार – परिवारमा द्वन्द्वको अवस्था श्रृजना भएको विचार व्यक्त गर्नुभएको थियो। लालबहादुर चौधरीले नेपालमा बसोवास गरिरहेका विभिन्न जातीहरूको मौलिक संस्कृतिलाई लव जेहाद र ईसाइयतका नाममा ध्वस्त पार्ने कामहुन थालेकोले यस तर्फ समयमै सचेत हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
उच्च पदस्थ अधिकारीहरू कृतदास भई औपचारिक रूपमा नेपालको धार्मिक र सांस्कृतिक पहिचान मेटाउन लागि रहेकोले सबै नेपाली सचेत हुनुपर्ने विषय सहित धर्मान्तरणको धन्दाका लेखक स्पातले आफ्नो विचार र भोगाई पुस्तक मार्फत पाठक समक्ष ल्याएको जानकारी गराएका थिए ।

पूर्व प्रहरी अधिकृत कल्याण तिमिल्सिनाले हिन्दुहरूले आफू र आफ्नो सन्ततीलाई संस्कारित शिक्षा दिनुपर्ने विषयका साथ सरकार नै सनातनीहरूलाई अल्पमतमा पार्ने काममा लागेकोले गाउँ – गाउँबाट जाग्दै स्वधर्म रक्षाका खातिर अगाडि बढ्नुपर्ने बिचार प्रस्तुत गरेका थिए । पुस्तकका विषयवस्तुमा धर्मान्तरणबाट आहत पारिएको गाउँको कथाले वास्तविक नेपालको चरित्र चित्रण गरेको , विश्वका समृद्ध संस्कृतिको संहार गरेको , विभिन्न जातजातिको मौलिक संस्कृतिलाई निमिट्यान्न पारेको , आफ्नो भोगाई मार्फत धर्मान्तरित समाजलाई पुनः आफ्नो धर्ममा फर्काई शिवभक्त बनाउँदै मन्दिरको पुजारी बनाइएको, विभिन्न कालखण्डमा प्रकाशित धर्मान्तरणका आधिकारिक लेखहरूलाई आधारमानि पुस्तक प्रकाशित भएको विषय जानकारी गराइएको थियो।

अहिलेको पुस्तालाई आफ्नो संस्कृति हस्तान्तरण गर्दै जानुपर्ने विषय प्रति कलम चलाएकोमा सर्जक समूह प्रति विशेष आभार प्रकट भएको थियो।
चलचित्रका नायक निखिल उप्रेतीले धर्मान्तरणको धन्दाले अध्यात्मको मर्ममाथि नै प्रहार गरेको छ। सुर र असुरको संग्राम – देवासुरसंग्राम पौराणिक कालदेखि नै अहिले सम्म व्याप्त रहेको र यसका पात्र यहीं भूमिमा रहेकाछन्। अहिलेको शासनसत्ता असुरहरूको हातमा रहेको र तिनै आसुरी शक्तिलाई भोट मार्फत पूजा गर्ने पात्र हामी रहेकै छौं।

हामी नसुध्रे व्यक्ति समाज र राष्ट्र कसरी सुध्रिने भन्दै प्रति प्रश्नका साथ नेपालीको सांस्कृतिक पहिचानलाई समाप्त पार्दै नेपालीलाई माग्ने बनाउने अहिलेको नेतृत्व आसुरी शक्ति नभए कोत भन्ने तार्किक विचार समेत प्रस्तुत गरेका थिए । आध्यात्मिक गहिराईको अनुभूति प्रस्तुत गर्दै असल र संस्कारित पुस्ता निर्माणमा सबै सनातनीहरू लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति श्रद्धेय व्यक्तित्व प्रा. डा. जगमान गुरुङले नेपाल अंग्रेज युद्धमा उन्नाइस वर्षका उजिर सिंहले अंग्रेजलाई धपाएको। नेपालका प्राज्ञिक र राजनैतिक वर्गको द्रव्य लोलुपताले आज नेपालमा धर्मान्तरणले प्रश्रय पाइरहेको विषय राख्दै प्राज्ञिक वर्गले आफ्नो लेखनी मार्फत पौरस्त्यविधाको अनुसन्धान गरी समाजलाई सहि दिशा निर्देशन गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

निजश्व र वर्चस्व स्थापित गर्न स्वयं जागृत हुनुपर्ने कुरा बताएका थिए । सनातनीहरूको धर्मविज्ञान – शिवत्व र बुद्धत्वलाई जगाई सनातन कुलधर्मलाई आत्मसात गर्दै अगाडि बढाउनु पर्ने विषय राखेका थिए । अनेकत्वमा एकत्व नेपालीमा मात्र रहेकोले यहाँको धरोहर संस्कृतिको प्राण नै सनातन संस्कृति रहेको विषय प्रस्तुत गरेका थिए । विश्व हिन्दु परिषद्काे आयोजना भएको पुस्तक विमाेच कार्यक्रम कृष्णप्रसाद हुमागाईंले सञ्चालन गर्नु भएको थियोे भने कार्यक्रमको अध्यक्षता जितेन्द्र सिंहले गर्नु भएको थियो।











प्रतिकृया दिनुहोस्