- ३० भाद्र २०८०, शनिबार १४:०७
भदौ ३०, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले शिक्षाले संस्कृति, ज्ञान र चरित्र सिकाउन नसके समाज र राष्ट्रिले सहि दिशा लिन नसक्ने बताएका छन् ।
शनिबार पशुपति शिक्षा प्रसार समिति नेपालकाे वार्षिक उत्सव कार्यक्रम बाेल्दै उनले उक्त कुरा बताएका हुन् ।
पछिल्लो समय हाम्रो शिक्षामा संस्कार, संस्कृति र चरित्र निर्माण गर्ने कुराहरूकाे कमि देखिदै गएकोले यसकाे लागि शिक्षामा संस्कार, ज्ञान र चरित्र अति आवश्यक रहेकाे बताएका थिए ।
पशुपति शिक्षा प्रसार समितिले विगत लामाे समयदेखि पशुपति शिक्षा मन्दिर बाेर्डिङ स्कुलबाट विद्यार्थी भाइबहिनीहरूलाई संस्कार , संस्कृति र विद्यार्थी असल चरित्र निर्माण जाेड दिदै हजारौं विद्यार्थीहरूलाई संस्कृत शिक्षा सहीत आधुनिक शिक्षा प्रदान गर्दै आइरहेको छ ।
शनिबार काठमाडौं पशुपति शिक्षा प्रसार समितिले काठमाडौंमा आयोजना गरेकाे बार्षिक उत्सव कार्यक्रममा पशुपति प्रसार समितिका अध्यक्ष एवम् राष्ट्रिय परिक्षा बाेर्डका अध्यक्ष डा.महाश्रम शर्मा, व्यवसायी राजेन्द्र खेतान, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्र.डा. नन्दबहादुर सिंह , हिन्दु स्वयंसेवक संघका राष्ट्रिय सह संघ चालक कल्याण कुमार तिमिल्सेना लगायत विभिन्न संघ संगठनका व्यक्तिहरूकाे विशेष उपस्थिति रहेको थियोे ।











प्रतिकृया दिनुहोस्