- २९ श्रावण २०८०, सोमबार २०:५४
साउन २९, काठमाडौं । केही विद्यार्थी नेताहरूका कारण नेपाल कमर्स क्याम्पसका ६३ जना विद्यार्थी परीक्षा दिनबाट बन्चित
केही विद्यार्थी नेताहरूका कारण नेपाल कमर्स क्याम्पसका ६३ जना विद्यार्थी परीक्षा दिनबाट बन्चित भएका छन् ।
नेपाल कमर्स क्याम्पस विविएस दाेश्राे बर्षमा अध्ययनरत ६३ जना विद्यार्थीहरूलाई विभिन्न विद्यार्थी संगठनका नेताहरूले छात्रवृत्ति मिलाइदिन्छु भन्दै केही पैसा असुली गरेकाे र पछि समयमै फारम नभएकोले विद्यार्थीहरू परीक्षा दिनबाट बन्चित भएका हुन् ।
पिडित विद्यार्थीहरूका अनुसार अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु समाजवादी, अखिल क्रान्तिकारीमा आबद्ध भएका केही विद्यार्थी नेताहरूले उक्त प्रलाेभन विद्यार्थीलाई देखाएर ठगिधन्दा गरेकाे खुलेकाे छ ।
त्यसका कारण आज देखि सुरू भएकाे विविएस दाेश्राे बर्षकाे परिक्षामा नेपाल कमर्स क्याम्पसमा अध्ययनरत ६३ जना विद्यार्थीहरू परीक्षा दिनबाट बन्चित भएका हुन् ।
विगतमा पनि क्याम्पस प्रशासन र विद्यार्थी नेताहरू मिलेर विद्यार्थीहरूलाई छात्रवृत्ति मिलाइदिने नाममा धेरै ठगिधन्दाहरू भइरहेको र विद्यार्थीलाई छात्रवृत्तिकाे प्रलाेभनमा संगठनमा आबद्ध गर्नेगरेकाे त्यस क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले बताए ।
विद्यार्थीहरूले बर्षदिन सम्म पढेर परीक्षा दिन जानेबेलामा यसरी आफ्नो भविष्य माथि खेलवाड गरेकाे भन्दै क्याम्पस प्रशासन र विद्यार्थी नेतालाई कार्वाहीकाे माग गर्दै विद्यार्थीले क्याम्पसमा प्रदर्शन समेत गरेका छन् ।
साथै उक्त घटना बाहिर आएसँगै केही स्वतन्त्र विद्यार्थी समुहरूले विरोध जनाउदै दाेषिलाई छानवीन गरि कारबाही गर्न माग गरेका छन् ।











प्रतिकृया दिनुहोस्